हस्तिनापूरका राजा धृतराष्ट्रको विवाह भएको एक साल पछि, उनकी पत्नी गान्धारीले एक विशाल शिशुलाई जन्म दिइन्। त्यस शिशुको आँखा सर्पको जस्तो थियो। मतलब उसले आँखा झिम्काउँदैनथ्यो, जतिबेला पनि खुल्ला र सीधा नै राखिरहन्थ्यो।

पहिलो शिशुको जन्मपश्चात राज्यमा जताततै अशुभ सङ्केत देखिन थाल्यो, अशुभ ध्वनिहरू गुञ्जिन थाले, जुन कुरा रातमा हुनुपर्थ्यो, त्यो दिनमा हुन थाल्यो। नेत्रहीन धृतराष्ट्रलाई पनि महशुस भयो कि केहि त गडबड छ। शङ्का टाढा गर्न उनले विदूरसँग सोधे- “यो सबै के भैरहेको छ? केहि त गडबड छ! कृपया मलाई भन कि- के मेरो पुत्रको जन्म भयो?” विदूरले भने- “हजुर! तपाईँलाई पुत्रप्राप्ती भएको छ।”Dhritarastra and Gandhari

विदूरको कुरा सुनेर धृतराष्ट्रको मनमा हर्षोल्लास हुन थाल्यो। तर फेरि विदूरले भने- “तपाईँको पहिलो पुत्र भएको छ। तर मेरो सल्लाह मान्नुहुन्छ भने तपाईँ आफ्नो जेष्ठ पुत्रलाई मारिदिनुहोस्।” चकित हुँदै धृतराष्ट्रले भने- “कस्तो कुरा गरेको विदूर तिमीले?”

“यदि तपाईँले आफ्नो जेष्ठ पुत्रलाई मारिदिनुभयो भने, तपाईँले आफ्नो अनि कुरुवंशका साथसाथै सारा मानवजातिकै उपकार गर्नुहुनेछ। फेरि तपाईँको त अझै ९९ वटा पुत्र हुन बाँकी नै छ। यस जेष्ठ पुत्र नहुँदैमा तपाईँका बाँकी सन्तानलाई कुनै नोकसान पुग्नेछैन। तर यदि यो पुत्र ठूलो भयो भने यसले हाम्रो वरिपरिको संसारको विनाश गर्नेछ।”

यसैबीच, गान्धारीले आफ्ना जेष्ठ पुत्र दुर्योधनलाई काखमा लिइन्। उसले कुनै आवाज सुनेकी थिइनन्, न त अशुभ सङ्केत नै देखिन्। उनी त आफ्ना जेष्ठ पुत्रलाई लिएर एकदमै खुशी थिइन्। यत्तिकैमा विदूरले भने- “बुद्धिमान व्यक्तिहरूले पहिल्यै देखि भन्दै आइरहेका छन् कि परिवारको कल्याणको लागि कुनै पनि व्यक्तिको बलिदान, गाउँको कल्याणको लागि परिवारको बलिदान र देशको कल्याणको लागि गाउँको बलिदान गर्नु त्यसलाई पाप मानिँदैन।”Bad Signs during Duryodhan Birth

“हे भ्राताश्री! तपाईँको यो शैतान बच्चा मानवताको आत्मालाई नष्ट-भ्रष्ट गर्नकै लागि यमलोक देखि आएको हो। यसलाई अहिल्यै मारिदिनुहोस्। म शपथ लिन्छु कि भविष्यमा उसका ९९ भाईहरूलाई कुनै नोकसान पुग्नेछैन र तपाईँको आफ्ना ९९ राजकुमारहरूसँग आनन्दसँग बस्न पाउनुहुनेछ।”

तर पुत्रमोहको कारण धृतराष्ट्र नेत्रहीन मात्रै विवेकबुद्धिहीत समेत भैसकेका थिए। विदूरको कैयौँ सल्लाह र सुझावको बाबाजुद पनि उसले आफ्नो जेष्ठपुत्रको बलिदान दिन सकेनन्। अन्त्यमा दुर्योधन आफ्ना १०० भाईहरूका साथ हस्तिनापूरको महलमा हुर्किए भने पाण्डवहरू जङ्गलमा। त्यसपछिको महाभारत त सबैलाई थाहै छ!

यो पनि हेर्नुहोस्-
आमाको अगाडि नग्नावस्थामा जान नसक्नु नै बन्यो दुर्योधनको मृत्युको कारण
स्वयं यमराजले बताएका थिए मृत्युसँग जोडिएको यस्तो रहस्य
श्रीरामसँग विवाह गर्दा सीताको उमेर कति थियो? थाहा पाउनुभयो भने छक्क पर्नुहुन्छ
कसरी भयो श्रीकृष्णका १६ हजार गोपिनी? यस्तो छ महाभारत कथा