एजेन्सी । पैसा कमाउने, घर सम्हाल्ने मात्रै होइन देश हाँक्ने कुरामा पनि महिलाहरु अगाडि रहेका छन् । तर पुरुषहरुको राज चलेका केही देशमा महिलाहरुको जीवन नर्क समान हुने गरेको छ । यस्तै १० देशका बारेमा यहाँ चर्चा गरिएको छ ।

नेपालः
सबैभन्दा पहिलो चर्चा नेपालकै छ । यहाँका राष्ट्रपति, सभामुख र प्रधानन्यायधीश महिला नै छन् । तर नेपालमा गर्भवती महिलाको जीवन सारै कष्टकर रहेको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार नेपालमा हरेक २४ महिला मध्ये एक महिलाको बच्चा जन्माउने क्रममा मृत्यु हुने गरेको छ ।

women-1415013

पश्चिम नेपालका कतिपय जिल्लामा सुत्केरी भएपछि बन्द कोठामा न्वारन नहुन्जेल ११ दिनसम्म बिताउनुपर्ने बाध्यता पनि छ । अर्काे कुरा अस्पतालको सेवा सहज नहुँदा पनि धेरैले अकालमै ज्यान गुमाउने गरेका छन् ।

सुडानः
एक अध्ययन अनुसार सुडानमा महिलाविरुद्ध हुने अपराध बढ्दो छ । यहाँ घरेलु हिंसा गर्नेलाई कारवाही गर्ने कुनै कानुन नै नबनेकाले अपराधीलाई कारवाही गर्न सक्ने अवस्था नरहेको रिपोर्टमा भनिएको छ ।

Sudan

महिलाहरुलाई जिन्स लगाउन दिइँदैन । महिलालाई बलात्कार गर्ने पुरुषलाई उनै महिलासँग विवाह गर्ने सजायँ दिने गरिएको छ ।

मालीः
माली विश्वको सबैभन्दा गरिब देशमा गणना गरिन्छ । त्यसैले यहाँ महिला र पुरुष दुबैको अवस्था जटिल छ तैपनि महिलाको अवस्था त्यसभन्दा पनि खराब रहेको छ ।

mali women

यहाँका धेरैजसो मानिस कुपोषणको शिकार हुने गरेका छन् । ७१ प्रतिशत भन्दा बढी महिलाको विवाह १८ बर्ष पुग्नु अघि नै गरिदिने गरिएको छ भने २५ प्रतिशत महिला मात्रै लेखपढ गर्न सक्ने छन् ।

कंगो:
यहाँका मानिस लामो समयदेखि लडाईँका बीच बाँचिरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९९६ देखि अहिलेसम्म २ लाख भन्दा बढी बलात्कारका घटनाविरुद्ध उजुरी परेका छन् ।

Kango women

आधा भन्दा बढी घटनामा उजुरी नै पर्दैन । यदि दुबै आँकडालाई मिलाउने हो भने महिलाको अवस्था कस्तो छ हामी सहजै अनुमान लगाउन सक्छौं । यहाँ एचआइभी एड्सका कारण बर्षेनी थुप्रै महिलाले ज्यान गुमाउने गरेका छन् ।

अफगानिस्तानः
यहाँ धेरै बर्षदेखि अस्थिरता कायमै छ । यहाँका ८५प्रतिशत महिला घरेलु हिंसा सहन बाध्य छन् । महिलाको साक्षरता दर मात्रै १७ प्रतिशत छ ।

Afganistan women

अहिले तालेबानको आतंक केही कम भएपनि महिलाको अवस्था सुध्रिन सकेको छैन ।

सिरियाः
आइएसको आतंक अघि पनि यस देशमा महिलाको अवस्था खराब थियो । यहाँ १४ प्रतिशत महिला मात्रै काम गर्छन् ।

women-65537413

आइएसको नियम अनुसार सिरियामा छोरी मान्छेको पढाई ७ बर्षमा सुरु भएको १५ बर्षमा सकिन्छ ।

भारतः
भारतमा एचआइभी संक्रमित मध्य ३९ प्रतिशत महिला छन् । यहाँका ७० प्रतिशत महिला घरेलु हिंसाको शिकार हुने गरेका छन् । देशको नेशनल क्राइम ब्युरोका अनुसार हरेक ३ मिनेटमा एक महिलासँग अपराध हुने गरेको छ ।

women-75794313

प्रत्येक २९ मिनेटमा भारतमा एक महिला बलात्कृत हुने गरेका छन् । हरेक ७७ मिनेटमा दाइजोका कारण एक महिलाले आफ्नो ज्यान नै गुमाृने गरेको तथ्याङ्क छ । भारतमा १० करोड भन्दा बढी महिला बेचबिखनमा परेका छन् ।

यमनः
यहाँका महिला आफ्नो श्रीमानको अनुमति बिना घरबाट बाहिर जान पाउँदैनन् । यो देशको संसदमा ३ सय १ सदस्य छन् त्यसमध्ये एक जना मात्रै महिला छिन् ।

yeman women

यहाँका आधाजसो महिलालाई लेखपढ् गर्न आउँदैन । ५२ प्रतिशत भन्दा बढी युवतीले १८ बर्ष अघि नै विहे गर्ने गरेका छन् ।

पाकिस्तानः
महिला र पुरुषबीच भेदभाव गर्ने देश मध्ये विश्वकै दोस्रो देश पाकिस्तान हो । एक चौथाइ महिला मात्रै काम गर्न घर बाहिर जान्छन् ।

Pak women

पुरुषको तुलनामा ८२ प्रतिशत सम्म कम तलब महिलालाई दिने गरिएको छ ।

चाडः
संयुक्त राष्ट्रसंघका अनुसार यहाँका ३० प्रतिशत भन्दा बढी महिलाको विहे उनीहरुको इच्छा बिपरित हुने गरेको छ ।

women-10595513

उनीहरु उमेर पनि १५ देखि १८ बर्षको हुने गरेको छ । यहाँ महिलालाई घर बाहिर गएर काम गर्ने अनुमति पुरुषहरुले दिँदैनन् ।