बढ्दो उमेरसंगै केटीहरुमा हर्मोनल परिवर्तन हुन्छन्। जसको कारण प्रिमेन्सचुरेशन सिन्ड्रोम (PMS) को समस्या बढ्छ। अध्ययन भन्छ, ७५ प्रतिशत जवान महिला यो समस्याले पीडित हुन्छन्। यसबारेमा पुरुष साथीले पनि बुझ्न जरुरी हुन्छ कि आफ्नो पार्टनरलाई के समस्या हुँदैछ।

महिलामा रजस्वलाको एक वा दुई हप्ता पहिले हर्मोनल परिवर्तन हुन्छ। यसै क्रममा स्वास्थ्यमा देखिने समस्यालाई प्रिमेन्सचुरेसन सिन्ड्रोम भनिन्छ।

कसलाई हुन्छ PMS ?
यो २० देखिन ४० वर्षसम्मका महिलाहरुमा हर्मोनल परिवर्तन हुने, गर्भवती हुनुपूर्व वा पारिवारिक पृष्ठभूमीका (वंशाणुगत) कारण हुनसक्छ।

कस्तो देखिन्छ संकेत ?
पेट र खुट्टा बाउँडिने, अैठन हुने हुन्छ।  ढाड दुख्न थाल्छ।

चिन्तित अनि ड्रिप्रेस अनुभव हुन्छ। कसैमा शरिरका विभिन्न अंग फुल्ने, सुन्निने हुन्छ।छाला सम्बन्धी समस्या देखिन सक्छ। पटक पटक टाउको दुख्छ।

के हो उपचार विधि ?
नियमित ३० मिनेट कसरत निकै फाइदाजनक हुन्छ। डाइटमा फलफुल, हरियो सागपात र शाकाहारी खानाले निकै सहयोग पुर्याउँछ। साथै कम्तीमा ८ घण्टा दैनिक नियमति सुत्नाले यो समस्या नियन्त्रण गर्न सकिन्छ।