२३ मंसिर, एजेन्सी । चुरा महिलाहरुको श्रृंगारको मुख्य हिस्सा हो । महिलाहरुको हातमा चुरा हुनु उनीहरु सुहागन हुनुको प्रमाणको रुपमा पनि मानिन्छ । वैदिक युगदेखि नै महिलाहरुले आफ्नो हातमा चुरा लगाउने गर्छन् । त्यसकारण हिन्दु देवीहरुको तस्बिर र मूर्तिहरुमा पनि चुरा लगाएको देखिन्छ । चुरा लगाउनुको पछि धार्मिक र वैज्ञानिक कारणहरु पनि लुकेको छ ।

धार्मिक कारणः देवीपुजनमा दुर्गा मातालाई १६ वटा श्रृंगारका सामानहरु चढाउनुपर्छ । यी सोह्रश्रृंगारमा चुरा पनि पर्छ । त्ससकारण चुराको दान गर्नुपनि पूण्य प्राप्तिको काम भएको धार्मिक शास्त्रमा उल्लेख छ । बुधदेवको आर्शिवाद पाउनको लागि महिलाहरुले हरियो चुरा दान गर्ने चलन पनि हाम्रो समाजमा रहिआएको छ ।

वैज्ञानिक कारणः चुरा लगाउने महिलाहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने वैज्ञानिकहरुको दाबी छ । चुराले हातमा घर्षण गराउने भएकोले हातको रक्तसञ्चारमा बढ्छ भने सासको रोग र मुटुको विरामी हुने सम्भावना पनि कम हुन्छ । त्यसैगरी चुराले मानसिक सन्तुलनलाई ठिक ठाउँमा राख्नुका साथै चुराको घर्षणबाट प्राप्त हुने उर्जाले थकान मेट्न पनि मद्दत गर्छ । काँचको चुराबाट उत्पनन हुने ध्वनीले वातावरणमा भएको नकारात्मक ध्वनीको उर्जालाई नष्ट गर्ने गर्छ ।