९ फागुन, एजेन्सी । आइसीसी महिला टि ट्वन्टी क्रिकेटको उद्घाटन खेलमा भारतले अष्ट्रेलियालाई जितका लागि १ सय ३३ रनको चुनौति दिएको छ ।
टस हारेर पहिला ब्याटिङमा तानिएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३२ रन बनायो ।

उसका लागि दिप्ती शर्माले नटआउट ४९ रन बनाइन् । शफालि बर्माले १५ बलमा २९ रन बनाउँदा जेमिमा रोड्रिग्वेज २६ रन बनाएर आउटट भइन् ।
अष्ट्रेलियाकी जेस जोनासेनले २, इल्यास पेरी र डेलिसा किम्मिन्सले एक÷एक विकेट खसाले ।

घरेलु मैदान सिड्नीमा भइरहेको खेलमा डिफेण्डिङ च्याम्पियन अष्ट्रेलियाले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । मार्च ८ सम्म चल्ने प्रतियोगितामा १० वटा टिम सहभागी छन् ।