३१ भदौ, सुर्खेत । सुर्खेतदेखि नेपालगन्ज जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा आज एक बालकको मृत्यु भएको छ ।

बा ४ ख १६२८ नं को माइक्रोबस र नेपालगन्जदेखि सुर्खेत आउँदै गरेको से १ ख १४५३ नं को मिनि ट्रक एकआपसमा ठोक्किँदा माइक्रोमा सवार कालिकोटको खाडाचक्र नगरपालिका–१ का एक महिनाका बालक एलिज शाहीको मृत्यु भएको हो । शाहीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी माइक्रोबसमा सवार १७ जना घाइते छन् । घाइतेमध्ये सातको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, छिन्चुका प्रहरी जवान मोहन विकले जानकारी दिए । ११ जना घाइतेको कोहलपुर मेडिकल कलेज र छजनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको उनले जानकारी दिए । रासस