कुशल श्रेष्ठ

माइक्रोसफ्टले आफ्नो नयाँ अपरेटिङ्ग सिस्टम विण्डोज १० द्वारा ट्रयाक गरेको डाटाको बारेमा खुलासा गरेको छ। माइक्रोसफ्टले एउटा ब्लगमा विस्तृत जानकारी भएको आँकडाको सूची प्रकाशन गरेको छ, जसमा विण्डोज १० प्रयोगकर्ताहरूले ‘एज ब्राउजर’मा पनि मिनेट बिताए, ‘फोटो एप’मा कतिवटा फोटोहरू हेरे भनेर देखाइएको छ।

अहिलेसम्ममा, विश्वभरी २० करोड प्रयोगकर्ताहरूले विण्डोज १० को प्रयोग गरिसकेका छन्। तथापी, कसै-कसैले यसको ‘डाटा ट्रयाकिङ’ प्रणालीले प्रयोगकर्ताहरूको गोपनीयतालाई भङ्ग गर्ने बारे प्रश्न उठाएका पनि छन्। किनभने, माइक्रोसफ्टले विण्डोज १० रिलिज भएदेखि त्यसलाई कसरी प्रयोग गरिरहेका छन् भनेर ट्रयाक गर्दै आइरहेको थियो। माइक्रोसफ्टले के-कस्ता डाटाहरूलाई ट्रयाक गरिरहेको छ भनेर अहिलेसम्म कुनै खुलासा भएको थिएन। (विण्डोज १० मा के-कस्ता सुविधाहरू छन्? जान्नका लागि यहाँ क्लिक गर्नुहोस्)Microsoft Revealed about data usage tracking

“माइक्रोसफ्ट आफ्नो ग्राहकहरूको गोपनीयतालाई सुरक्षित राख्न प्रतिबद्ध छ।”, कम्पनीको प्रवक्ताले भनेका थिए।

माइक्रोसफ्टले के-के कुराहरू ट्रयाक गरेका छन् त?

कम्पनीको ब्लगले निम्न डाटाहरूको सूची प्रकाशन गरेको थियो।

  • विण्डोज १० भएको डिभाइस ‘माइक्रोसफ्ट एज’मा प्रयोगकर्ताहरूले कुल ४४.५ बिलियन मिनेट बिताएका छन्।
  • भर्चुअल असिस्टेण्ट ‘कोर्टाना’लाई २.४ बिलियन प्रश्नहरू सोधिएका छन्।
  • पहिलेको अपरेटिङ्ग सिस्टममा भन्दा विण्डोज १० मा ‘बिङ्ग’ खोजी ३० प्रतिशतले बढेको छ।
  • फोटो एपमा ८२ बिलियन फोटोहरू हेरिएका छन्।
  • विण्डोज १० मा ४ बिलियन घण्टा भन्दा बढी गेमहरू खेलिएका छन्।

पहिलेका विण्डोज ७ र ८ भन्दा विण्डोज १० को बजार चाँडै बढेको पनि माइक्रोसफ्टले बताएको छ। माइक्रोसफ्टका ‘सुरक्षा विशेषज्ञ’ प्रोफेसर एल वुडवार्ड भने उक्त डाटाहरूको दीर्घकालीन-योजना के कस्तो रहेको छ भन्ने बारे इच्छुक छन्। “कुनै एक कामको लागि यी डाटाहरूको सङ्कलन गरिएको हो, तर कहिलेसम्म यसलाई सम्हालेर राख्ने? यसलाई अरू के-के कामको लागि प्रयोग गरिनेछ?”, उनले भने- “यी डाटाहरू यूरोपियन यूनियनभन्दा बाहिर गयो भने, लण्डनको ‘डाटा प्रोटेक्सन एक्ट’ जस्तोले पनि यसलाई संरक्षण गर्न सक्दैन।”

डाटा ट्रयाकिङ्लाई कसरी रोक्ने?

विण्डोज १० को इन्टरफेस र बनावट अलि नयाँ भएकोले यसको भित्री सेवा र फिचरहरूको बारेमा अधिकांशलाई जानकारी नहुन सक्छ। विण्डोज १० मा माइक्रोसफ्टको डाटा ट्रयाकिङलाई रोक्न पनि सकिन्छ। त्यसको लागि ‘फिडब्याक’ लाई ‘बेसिक’मा लैजानुपर्छ। (विण्जोज ७ लाई विण्डोज १० मा कसरी लैजाने? जान्नको लागि यहाँ क्लिक गर्नुहोस्)

  • स्टार्ट मेन्यूमा गई ‘feedback settings‘ लेख्नुहोस्।
  • त्यसबाट ‘Feedback Settings‘ भन्ने देखा पर्दछ, त्यसमा क्लिक गर्नुहोस्।Image2016161459
  • त्यसपछि, ‘फिडब्याक फ्रिक्वेन्सी’ (Feedback Frequency) लाई ‘नेभर’ (Never) मा राख्नुहोस् र ‘डायगनस्टिक एण्ड युसेज डाटा’ (Diagnostic and usage data) लाई ‘बेसिक’ (Basic) मा राख्नुहोस।Image2016171431Image2016171438Image2016171420