भविष्यवाणी सजिलो कुरा हैन। तर सदियौं देखि लेखक, वैज्ञानिक तथा केही अलौकिक व्यक्तित्वहरु भविष्यवाणी गर्दैआएका छन्। अझ भनौं, भविष्यको अनुमान लगाउदै आएका छन्। अचम्म त के छ भने केही ठुला भविष्यवाणीहरु त पुरा पनि भएको छ।

प्रविधिको विकाससंगै कुन कुरा कहिले हुन्छ भनि वैज्ञानिकहरु पनि बोल्ने गरेका छन्। यो कुरा यति वर्षमा पुरा हुन्छ अनि यो यति सय वर्षमा बन्छ भन्दै। यहाँ केही यस्ता भविष्यवाणी छन् जुन सायद हाम्रो पुस्ताले नदेखे पनि आउदो २५,००० वर्षसम्म पुरा हुन्छ भनि वैज्ञानिकहरु बताउछन्।

सबै मानिसले सबै भाषा जान्नेछन्।

language spekaing

मानिस आफैले सबैभाषा नजाने पनि, मोबाइल र इन्टरनेटको राम्रो विकास हुदै गएमा तपाइकै मोबाइले तपाइको सट्टा भोली देखि चाइनिज भाषा नबोल्ला भन्न सकिन्न।

तपाइलाई चाहिने प्रत्येक सामान थ्री डी प्रिन्ट गर्न मिल्नेछ।

3D printing

दाँतका डाक्टरहरुले त अहिले नै तपाइको मुखको लेजर स्कान गरेर ठ्याक्कै तपाइलाइ मात्र मिल्ने दाँतका सेटहरु बनाउन थालिसके। यो थ्री डी प्रिन्टीङ कागजमा अक्षर छाप्ने सामान्य प्रिन्टर जस्तो भने हुदैन। अहिलेसम्म विशेष खालको केमिकल प्रयोग गरेर स-साना सामानहरु ( जस्तो खेलौना, कप, बट्टा आदी) त घरमा नै थ्री डी प्रिन्टर ल्याएर प्रिन्ट गर्न सकिन्छ। यसको राम्रो विकास भए, हातमा लगाउने घडी पनि तपाइले घरमै केही बेरमा बनाउन सक्नुहुनेछ।

लागुपदार्थ अम्मलीको लागि भ्याक्सिन

vaccine

मानिसको प्रतिरक्षा प्रणाली शरीरमा आउने नयाँ चिज पत्ता लागाउन र त्यो संग तालमेल मिलाउन अत्यन्त प्रभावशाली हुन्छ। रगतमा भएका लागुपदार्थका कणलाइ दिमागमा नपुग्दै नष्ट गर्ने ‘एन्टीबडी’ पैदा गर्न शरीरलाइ सिकाइदिने भ्याक्सिन मात्रले पनि लागुपदार्थको लतबाट मानिसलाइ छुटाउन सकिन्थ्यो।

जस्तो पनि देख्न सक्ने कन्ट्याक्ट लेन्स।

eye

कन्ट्याक्ट लेन्समै इन्टरनेटको मज्जा लिन सकिने कुरा अब नयाँ रहेन। आँखाको रंग परिवर्तन गर्न मोडलहरुले प्रयोग गर्ने कन्ट्याक्ट लेन्स, चश्माको विकल्पको रुपमा प्रयोग गरिन थाल्यो। अब यसमा विकास हुदै जाँदा, राती पनि देख्न सकिने, निकै टाढासम्म देख्न सकिने, कुनै सामान भित्र के छ भनि बाहिरबाटै देख्न सकिने (एक्सरे भिजन) जस्ता नौला विषेशता भने भविष्यकै हातमा छ।

मानिस पनि मेशिन।

cyborg

साइबोर्ग, मानिसकै शरीरमा मेशिनरी पाटपुर्जा प्रयोग गरेको मानिसकै जस्तो सोच्ने फिल्मी अवतार हो। अहिले सम्म फिल्ममा नै सिमित भएपनि निकट भविष्यमा भने मानिसले आफ्नो अगंमा मेशिनरी पाटपुर्जा जोड्न सक्ने छन्। अहिले पनि खुट्टा तथा हात दुर्घटनामा परि गुमाएकाहरुले यस्ता धातुबाट बनेका हात खुट्टा प्रयोग गर्दै आएका छन्। यी हातखुट्टाहरु दिमागबाट हात खुट्टामा आउने नशामा जोडिएको हुन्छ, अनि नशाबाट आएको दिमागको आज्ञा अनुसार नै चल्न सक्ने हुन्छन्। भविष्यमा प्रत्यके अंगलाइ यसरी नै मेशिनरी बनाउन नसकिएला भन्न सकिन्न।

आकाशगंगा तारापुञ्जमा आवतजावत।

Milky way galaxy

कुनै समयमा राजधानी आउदा मानिसहरु हप्तौंसम्म हिड्ने कुरा अहिले कथा भएका छन्। अहिले एक देशबाट अर्को देशमा पनि केही घण्टा उडेर पुग्न सकिन्छ। मानिस चन्द्रमामा पुगिसके तर हामीलाइ अझै यो कुरा नौलो लाग्छ। तर केही सय वर्षपछि सम्भवत मानिसहरु एक ग्रहबाट अर्को ग्रहमा सजिलै जान सक्ने प्रविधिको विकास हुनेछ। केही हजार बर्षमा मानिसहरु यो पुरै आकास गंगा तारापुञ्जका असंङ्ख्य ग्रहहरुमा टहलिन जाने वातावरण पक्का तयार हुनेछ।

समुन्द्रको अत्याधिक प्रयोग

Ocean

मानिसको सङ्ख्या बढ्नाले पृथ्वीको स्रोतहरुको प्रयोग पनि बढ्ने छ। खर्बौ मानिसलाइ बाँच्न समुन्द्रका माछा, पानी तथा अल्गिहरु पनि खाने प्रयोजनमा अत्याधिक प्रयोग गरिनेछ।

टेलिप्याथि

telepathy

जसरी टेलिफोन भनेको टाढाको व्यक्तिसंग बोल्न सक्ने भन्ने बुझिन्छ त्यस्तै टेलिप्याथि भनेको अन्यको दिमागमा भएका कुरा थाहा पाउने भन्ने हुन्छ। मानिस आफैले अन्य दिमागका विचार पढ्न नसकेपनि, कुनै मेशिन मार्फत दिमागका विचार थाहपाइ सोही मेशिनबाट ती विचारहरु अर्को ठाँऊमा पठाउन सक्ने प्रविधिको विकासको लागि भने ठुलो सम्भावना छ।

अन्तरिक्षसम्म जानको लागि लिफ्ट

space lift

अन्तरिक्षमा जानको लागि पृथ्वीबाट लिफ्ट बन्ने सम्भावना पनि अबको कही सय वर्षमा सम्भव देखिन्छ। यस्तो लिफ्ट बनेमा अहिलेको रकेट प्रविधि भन्दा सस्तो पर्ने देखिन्छ। यसले मानिसलाइ एउटा कोठामा राखि छिटो गतिमा माथी लैजानेछ।

२०-३० प्रतिशत प्रजातिहरुको लोप हुनेछ।

tiger

वैज्ञानिकहरुको अनुसार १०० वर्ष भित्र पृथ्वीका २० देखि ३० प्रतिशत जनावर तथा बोटविरुवाका प्रजाति लोप हुनेछन। मौसममा आएको अस्वभाविक परिवर्तन र मानवले वस्तीको लागि गरेको विनाश यसका मुख्य कारण हुनेछन्।

अमरत्व

electornics rod

अबको केही सय वर्षमा प्रविधिको विकाससंगै मानिसको औसत उमेर १४० वर्ष भन्दा बढी हुने अनुमान लगाइन्छ। शरीरले काम नगर्ने भएपनि मानिसको दिमागी कुराहरु भने ‘डिजिटल डाटा’ को रुपमा सुरक्षित राख्न सकिने प्रविधिमा अगाडी बढ्दै छन् वैज्ञानिकहरु। यदि यो प्रविधि सफल भएमा मानिस विस्तारै अमरत्व तर्फ अगाडी बढ्ने छन।

उत्तरी ध्रुव दक्षिण अनि दक्षिणी ध्रुव उत्तर हुनेछ।

earth globe

वैज्ञानिकहरुको अनुसार २००० वर्ष पश्चात पृथ्वीको चुम्बकिय क्षेत्रमा परिवर्तन हुनेछ। यसबाट ध्रुव परिवर्तन हुने बताइन्छ। पृथ्वीमा करिब ५,००,००० वर्षमा एकपटक यस्तो हुने गरेको छ। ध्रुव परिवर्तन संगै , चुम्बकिय क्षेत्र पनि विस्तारै क्षीण हुदैजाने विभिन्न अनुसन्धानले बताउँछ। सुर्यबाट आउने अधिकांश विकिरण यहि चुम्बकिय क्षेत्रले परावर्तन गर्दछ। ध्रुव परिवर्तन भएमा पृथ्वीमा ठुलो विपत्ती आउने वैज्ञानिकहरुको ठहर छ। तर यो घटना भने हजारौं वर्ष पछि हुनेछ।

पुरा पढ्नुहोस्।
पत्यार नलाग्ने ७ भविष्यवाणी जुन पुरा भए
पुरा भएका कलियुगका आश्चर्यजनक भबिष्यवाणी
११ सपना जसले मृत्यु भविष्यवाणी गर्छ
नोस्ट्राडमसले १५ अौं शताब्दीमा गरेका भविष्यवाणी जुन पुरा हुदैछन्