१५ मंसिर, सिन्धुली ।

वीपी राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका ७ फिटिङमा माईक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, ५ जना घाइेत भएका छन् ।

सो दुर्घटनामा मृत्यु हुनेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ६ का ८४ वर्षका राजेन्द्र प्रसाद भट्टराई रहेका छन् ।

राजधानी काठमाडौबाट महोत्तरीको बर्दिवास तर्फ जादै गरेको रौतमाई यातायात सेवा समितिको बा ३ ख ८४६७ नम्बर माईक्रोले विपरित दिशाबाट आएको स २ प ५९४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रीत हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइते मध्ये १ एक जनाको अवस्था मध्यम रहेकाले काठमाडौ रिफर गरिएको जनाईएको छ ।