१५ असार, दाङ ।

दाङको बंगलाचुली गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका पदम केसीको प्यानल नै विजयी भएको छ ।

निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका सन्तराम भण्डारीलाई १०० मत अन्तरले पराजित गर्दै केसी विजयी भएका हुन् । विजयी केसीले ३ सय ५४ मत प्राप्त गरेका छन् भने भण्डारीले २ सय ५४ मत प्राप्त गरे ।

त्यस्तै महिला सदस्यमा देवा पौडेल, दलित महिला सदस्यमा राधिका नेपाली र सदस्यहरुमा चन्द्रकुमार घर्ती र माधिका कँवर विजयी भएका छन ।

कुल मतदाता १ हजार ३ सय ६९ रहेको यस वडामा ९ सय ४३ मत खसेको थियो ।