३० चैत, काठमाडौ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्तिलाई एकताबद्ध हुन नदिन माओवादी विरोधी शक्तिहरु न्वारनदेखिको बल निकालेर लागेको बताएका छन् । उनले माओवादी एकतावद्ध हुनुपर्छ भनेर लागेको बताउंदै माओवादीहरु जति सबैलाई एकतावद्ध बनाउने एउटा मिसन अगाडि बढी रहेको बताएका हुन् । अब छिट्टै ५-७ वटा समुह एकतावद्ध हुन्छन् भन्ने लागेको छ । विरोधीहरु सबै माओवादीलाई एकतावद्ध नहुनदिन न्वारानदेखिको बल लगाएर लागेका छन्, प्रचण्डले भने ।

प्रचण्डले माओवादी आन्दोलन कमजोर भएको भए शान्ति सम्झौता पनि नहुने बताउदै पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा आयोजित जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल तथा राज्यद्वारा बेपत्ता योद्धा परिवार नेपालको संयुक्त प्रशिक्षण–भेला कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने,‘हामी कमजोर भएका भए हामी सबैलाई त्यतिखेरै टाउका काटेर सिद्धाउन खोजिएको थियो । तपाईहरु–हामी सबैलाई अपराधी आतंककारी भन्दै मार्न खोजिएको थियो । कसैलाई बाँकी राखेका होइनन् नि । पक्रिदै मार्दै बलात्कार गर्दै विभत्स घटनाहरु भएका छन् । उनीहरुले चाहेको र सकेको भए हामी सबै आतंककारी हौं ।’

उनीहरुलाई राज्यको टाउको काटेर ल्याउने अधिकार थियो । अन्तराष्ट्रियले पनि अझै धेरै मार भनेर उनीहरुलाई हतियार दिएको थियो । हामीले पनि त्यतिखेर लडेको लड्यै यस्तो ठाउँमा पु¥याइयौं कि हाम्रा जनता, जनसेना, हतियारका कारणले हामीलाई जित्न उनीहरुले पनि नसक्ने हामीलाई पनि तुरुन्तै सिद्धाउन सक्छौं भन्ने लागेन, प्रचण्डले भने । हामीले हारेको भए हामीले माओवादी भन्न पनि पाउने थिएनौं । यो संझौता भएकाले उनीहरुले चाहे जस्तो पनि भएको छैन हामीले चाहे जस्तो पनि भएको छैन । अझै पनि हामी कमजोर भए हामी कसैलाई पनि बाँकी राख्दैनन्, प्रचण्डले भने ।