१६ फागुन, पोर्चुगल ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ युरोपियन मुलुक पोर्चुगल आउने भएका छन् । फागुन २८ गतेका लागि तय गरिएको नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको अधिवेशन उद्घाटन तथा कार्यकर्ता प्रशिक्षणका लागि उनी पोर्चुगल आउन लागेका हुन् ।

फाइल तस्बिर

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठलाई एनआरएन लगायत विभिन्न सरोकारवाला निकायले पोर्चुगलमा नेपालीहरुले भोग्नुपरेका समस्या समाधानका लागि पहल गर्न ध्यानाकर्षण गराउने कार्यक्रम समेत रहेको मंचका महासचिव डोलराज भण्डारीले जानकारी दिए ।

भण्डारीले दिउँसो २ बजे रुवा दोस आन्जुसमा हुने कार्यक्रममा सहभागिताका लागि आग्रह गरेका छन् ।