२८ जेठ, बिरेन्द्रनगर ।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले संविधान कार्यान्वयनको लागि राष्ट्रिय सरकार आवश्यक रहेको वताएका छन् । प्रेस चौतारी सुर्खेतले वीरेन्द्रनगरमा गरेको पत्रकार भेटघाटमा उनले संविधान कार्यान्वयन प्रमुख कुरा भएकोले राष्ट्रिय सरकार आवश्यक रहेको उल्लेख गरे ।

अब साँच्चै मुलुकको मुहार फेर्न सबैले हिम्मत राख्नुपर्छ – प्रधानमन्त्री ओली

अहिलेकै सरकारलाई राष्टिय सहिमतिको सरकारको रुपमा विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले यो सरकार तत्काल परिवर्तन हुदैन, वाहिर रहेका दलहरुलाई सहभागी गराएर यसैलाई राष्ट्रिय सहमतिको स्वरुप दिनु पर्ने बताए ।

Gokarna Bista 1

एमालेभित्रवाटै सरकारको आलोचना भैइरहेको भन्ने प्रश्नमा उनले एमालेमा धेरै थरी नेता भएकोले धेरै थरीका विचार आउनु स्वभाविक भएकोले यसलाई अन्यथा रुपमा लिन नहुने दावी गरे ।

भारतको प्रयत्न विफल पार्ने चीनको तयारी

सचिव विष्टले एमाले भित्र प्रधानमन्त्री हुने हैसियत भएका धेरै नेताहरु पाइपलाइनमा रहेको समेत उल्लेख गरे ।

सत्ताधारी नेकपा माओवादी केन्द्रसगँ सरकारको नेतृत्व परिवर्तनको वारेमा नभई सरकार संचालनको वारेमा भद्र सहमति भएको दावी उहाँले वताउनु भयो । उनले हिमाल, पहाड र तराइका जनताले उठाएका जाहेज माग पुरा गर्नको लागि नेतृत्व गर्न एमाले तयार रहेको पनि वताए ।