४ बैशाख, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान संशोधन र स्थानीय निर्वाचनमा असहमति जनाई आन्दोलन निर्वाचनमा असहमति जनाई आन्दोलन घोषणा गरिरहेकै बेला सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल थालेको छ ।

संविधान जारी गर्ने बेला एकमत देखिएका प्रमुख पाँच राजनीतिक दल सम्मिलित संयुक्त सरकार गठन गरी संविधानले संस्थागत गरेका उपलब्धि जोगाउनुपर्ने भन्दै माओवादी केन्द्रले सहमतीय सरकारका लागि पहल सुरु गरेको हो । यस कार्यमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सक्रिय भएका छन् ।

नेता श्रेष्ठले राष्ट्र र लोकतान्त्रिक व्यवस्था जोगाउन राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने भन्दै पार्टीको प्रारम्भिक धारणा आइतबार सार्वजनिक गरेका छन् । जसका लागि संविधान संशोधन प्रस्ताव गरिएको थियो, उसैले अस्वीकार गर्दै संवैधानिक र राजनीतिक संकट निम्त्याउने खेल सुरु भएको भन्दै प्रधानमन्त्री दाहाल बढी संशकित हुन पगेका छन् ।  अाजकाे नागरिक दैनिकमा खवर छ ।