१७ माघ, एजेन्सी।
एक माओवादी नेतालाई बेलायती अदालतले २३ वर्षको जेल सजायँ सुनाएको समाचार छ। लण्डन स्थित एनफिल्ड बस्दै आएका ७५ वर्षिय, अरविन्द बालकृषन उर्फ कमरेड बालालाई यौन अपराध र लण्डनमा आफ्नै छोरीलाई बन्दी बनाएको भन्दै अदालतले जेल सजायँ सुनाएको हो।

ravindan Balakrishnan

उनले ३० वर्ष सम्म आफ्नो अनुयायीहरुलाई बलात्कार गरेको समेर साउथवार्क क्राउन अदालतले बताएको छ।

उनको छोरी केटी मोर्गन डेभिसले अवस्था निकै भयानक, अमानविय र अपमानजनक रहेको बताइन।

ravindan Balakrishnan daughter

केटी मोर्गन डेभिस

३३ वर्षिय मोर्गेन डेभिसले आफुलाई पखेटा काटेर थुनेको चरा झै व्यवहार भएको बताइन।

बालकृषनलाई बच्चा माथी क्रुर व्यवहार गरेको, बन्दी बनाएको र हिंसाको मुद्धा लागेको छ।

सन् १९७० मा उनले आफ्ना अनुयायीलाई आफुले अरुको दिमाग पढ्न सक्ने भनि विश्वास समेत दिलाएको अदालतले सुनेको बताएको छ।

आफुलाई कसैले अटेर गरे ज्याकि नाम गेको अलौकिक शक्तिले प्राकृतिक विपत्ति ल्याउने भन्दै उनले चेतावनी दिने गरेको बताइएको छ।

यो पनि पढ्नुस्।

अर्को रुसी विमानले टर्कीको वायु क्षेत्र हस्तक्षेप गर्यो: टर्की