१ फागन, काठमाडौं।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रण्चडले २१ औँ जनयुद्ध दिवसको अवसरका एक विज्ञप्ती जारी गर्दै सबै माओवादी शक्तिहरुलाई मालेमावादको झण्डामुनि एकताबद्ध हुन अपील गरेका छन्।

जनयुद्धका वेपत्ता एवं घाइते, अपाङ्ग, योद्धाप्रति सम्मान व्यक्त गर्दै प्रचण्डले सहिदले देखाएको बाटोमा अविचलित अगाडी बढ्ने प्रतिबद्धता गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

विज्ञप्तीमा प्रचण्डले  नेपाली समाज   राजनीतिक रूपले  क्रान्तिको नयाँ रणनीतिक चरणमा प्रवेश गरेको र त्यसका लागि सही विचार, वैज्ञानिक समाजवादको रणनीति, कार्यनीति निर्धारण गरी उच्च क्रान्तिकारी स्प्रिटका साथ कार्यान्वयनमा जानु आवश्यक उल्लेख गरेका छन्।

प्रचण्डले जनयुद्धको पहिलो एक दशकाई भीषण वर्ग संघर्ष, वैचारिक संघर्ष र उथलपुथलको अवधी र दोस्रो दशकलाई जनयुद्धको जगमा नेपाली जनताले आधा शताब्दी पहिलेदेखि संविधानसभामार्फत संविधान बनाउने सपना साकार पार्दै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक अधिकारसहितको संविधान घोषणाका लागि गरेको संघर्षको अवधीका रुपमा चित्रित गरेका छन्।

पढ्नुस पुरा विज्ञप्ती..

21st-jana-yuddha-dibas-SUVA

शक्ति सम्पत्ति र सत्ताले विग्रिएको माओवादी