७ साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका एक नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाउन अन्तराष्ट्रिय शक्ति केन्द्रको ठूलो चलखेल रहेको दावी गरेका छन् ।

प्रचण्डलाई इङ्गित गर्दै ओलीले भने- ६ महिनामा पछुतो हुन्छ

माओवादी केन्द्रका केन्द्रीय सदस्य आरसी न्यौपानेले ओली सरकार गिराएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारतीय गुप्तर निकाय रअ र अमेरिकी गुप्तचर निकाय सिआइएको खेल रहेको दावी गरेका हुन् ।

RC Neupane Maoist Center

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आरसी न्यौपानेले ओली सरकार ढालेर चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमण रोक्ने र निर्दलीय सरकार बनाउने षडयन्त्र भैरहेको दावी पनि गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “बिश्वस्त स्रोतका अनुसार चीनिया रास्ट्रपतिको नेपाल भर्मण रोक्न, बाम गठवन्धन टुटाउन, (माओबादि केन्द्र)को चीन संगको बन्दै गइ रहेको असल सम्वन्ध ध्वस्त पार्न मात्र क.प्रचण्ड लाई प्रधानमन्त्रीको पासा फालेर र.अ. र सी.आइ.ए. ले माओबादिको टाउकाको मूल्य तोक्ने देउवा प्रोयोग गर्दै यो खेल खेलेको सूचना प्राप्त भएको छ । खेललाई लम्बाएर क.प्रचण्ड लाई पछाडी फर्कन नसक्ने अवस्थामा पुर्याई शेर बहादुर देउवालाई केहि समय प्रयोग गर्दै खिलराज रेग्मी जस्तै ब्युरो क्रयासी बाट सरकार बनाउने निश्चित छ ।”

RC Neupane Status

प्रचण्डलाई साम्राज्यवादीले एम्बुसमा पारेर सिध्याउन लागेको र सोही रणनीति अन्तर्गत सरकार विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन आव्हान गरेको समेत उनको भनाइ छ ।

माओवादी नेताकै ठोकुवा, प्रचण्डलाई ‘रअ’ र ‘सीआईए’ले प्रयोग गर्यो

ओली सरकार बनेपछि चीनसँग बढेको सम्बन्ध विगार्नु र चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्न, बाम गठवन्धन टुटाउन, (माओबादी केन्द्र)को चीनसँगको बन्दै गइरहेको असल सम्वन्ध ध्वस्त पार्न प्रचण्डलाई प्रयोग गरिएको समेत न्यौपानेले लेखेका छन् ।

यो षडयन्त्रणमा परेर माओवादी सकिने निश्चित भएको समेत आरसी न्यौपानेको दावी छ ।

प्रचण्डलाई इङ्गित गर्दै ओलीले भने- ६ महिनामा पछुतो हुन्छ

उता प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै उनी छ महिना नहुँदै पछुताउने बताएका छन् । अरुको इसारामा सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण मा‌ओवादी पछुताउने ओलीको दावी छ ।

Prachanda-Oli-close-up- opposite

शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ३८ औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान किर्तिपुरमा भएको कार्यक्रमा ओलीले प्रचण्ड पछुताउने भविष्यवाणी गरेका हुन् ।

आफ्नो सरकार विरुद्ध रहस्यपूर्ण ढङ्गले अस्वस्थ घटनाक्रम सुरु भएपछि आफू चकित परेको बताउँदै ओलीले माओवादी अव कम्यनिष्ट पार्टीको वर्गमा नपर्ने टिप्पणी समेत गरे ।