३ असोज, काठमाडौं ।
प्रदेश नम्बर २ मा माओवादी केन्द्रले खाता खोलेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा अध्यक्षमा माओवादी उम्मेदवार सत्य नारायण कुँवर दनुवार विजयी भएका छन ।

माओवादीले अर्को वडामा जित हात पार्यो। सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ को अध्यक्षमा माओवादी केन्द्रका मोहनबहादुर खत्री ३४२ मत ल्याएर विजयी भएका छन ।