१४ मंसिर, परासी।

दुबै मिर्गौलाले काम नगरेपछि नवलपरासीको कोल्हुवा–९ ब्रह्मस्थानका २३ वर्षीय युवा भानुभक्त अर्यालले सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् ।

अर्यालको अहिले भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएका अर्यालले उपचारका लागि पारिवारिक तवरबाट असम्भव भएपछि सबैसँग सहयोग गर्न आग्रह गरेका हुन ।

नवलपरासीमा भएको पुख्र्यौली खेतबारी नारायणी नदीले कटान गरेपछि अर्यालको परिवार अहिले दुई कट्ठा जमिनमा घर बनाएर बस्दै आएको छ । सातजना परिवारमध्येका जेठा छोरा नै मिर्गाैला रोगी भएपछि छोरालाई बचाउन ५५ वर्षीय बाबु खेमनारायण अर्यालले मिर्गौला दिन तयार भएको भए पनि मिर्गौला प्रत्यारोपणका लागि पर्याप्त पैसा नभएको उनले गुनासो गरे ।

कात्तिक १ गते बिरामी भएर अस्पताल पुग्दा चेकजाँच गराउने क्रममा अर्यालको दुबै मिर्गौैलाले काम गर्न छोडेको पुष्टि भएको थियो । रासस