एजेन्सी ।

विवाह गर्न लागेका भनिएका बलिउड अभिनेता शाहिद कपुरको विषयमा सनसनीपूर्ण समाचार सार्वजनिक भएको छ । भारतको एक समाचार अनलाइनका अनुसार शाहिद कपुरको विवाह नहुने सम्भावना बढेको छ ।

sahid kapoor

 


मीरा राजपुतसँग विवाहको तयारीमा रहेका भनिएका शाहिदसँग मीराले अन्तिम समयमा आएर विवाह गर्न अस्वीकार गरेको समाचार अनलाइनले दावी गरेको छ ।

शाहिद आफ्नो प्रेमी नभएको र आफूले कुनै डेटिङ नगरेको मीराले सार्वजनिक गरेपछि यस्तो अनुमान गरिएको हो । मीराकी एक साथीलाई उदृत गर्दै उक्त अनलाइनले शाहिद केवल आफ्नो पारिवारिक साथीमात्र भएको बताएकी छिन् ।

sahid kapoor meera

केही दिन यता मिडियामा चर्चामा रहेकी मीरा राजपुत र शाहिदबीच डिसेम्बरमा विवाह हुने तय भएको बताइन्छ । उनीहरुबीच गत जनवरीमै इन्गेजमेन्ट भैसकेको समेत भारतीय सञ्चार माध्यमले जनाएका छन् ।