कात्तिक, काठमाडौं ।

नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणले नेपालमा बाह्य हस्तक्षेप बढाएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले विरोध प्रदर्शन गर्ने भएको छ ।

अरुणाचलको लेहमा चिनियाँ र भारतीय सेना आमने सामने

सरकारले लम्पसार परेर मुखर्जीलाई दलाली गरेको र भारतीय हस्तक्षेप बढाएको भन्दै नेकपा माओवादीले मुखर्जी नफर्कँदै काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

फाइल तस्बिर

फाइल तस्बिर

विप्लव माओवादीले शुक्रबार दिउँसो १२ बजेबाट काठमाडौंमा विरोध र्‍याली निकाल्ने छ । रत्नपार्कबाट सुरु हुने र्‍याली भारतीय दूतावास अगाडि पुगेर कोणसभामा परिणत हुने माओवादीले जनाएको छ ।

१००० फिल्म खेलिसकेका ब्रह्मानन्दमको एउटा फिल्मको पारिश्रमिक १ करोड

विप्लवको तयारीका कारण शुक्रबार दिउसो काठमाडौंमा प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्था आउन सक्ने देखिएको छ । यस अघि मुखर्जी नेपाल आउँदा कालो झण्डा देखाउनेहरुलाई सरकारले सार्वजनिक मुद्ध चलाउने तयारी गरेको छ ।