३० बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मुगुमा लगिएको निर्वाचन सामाग्री लुटिएको छ ।

छायानाथधारा नगरपालिका वडा नम्बर १२ को शोभा गाउँको मतदान केन्द्रमा रहेका सम्पूर्ण मतदान सामाग्री लुटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

विहान ११ बजेतिर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायतका सामाग्री लुटेका हुन् ।

सुरक्षाकर्मीहरु खाना खान लागेको मौका पारेर उनीहरुले मतदान सामाग्री लुटेका हुन् । लुटिएको मतदान सामाग्री खोज्नका लागि सेना परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।