५ असोज, काठमाडौं ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले मुलुकमा लोकतान्त्रिक संबिधान आएपनि जनताले त्यसको महशुस गर्न नसकेको बताएका छन । प्रगतिशील लेखक संघले बिहीबार काठमाडौंमा गरेको पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो बताएका छन ।

उनले मुलुकलाई रुपान्तरणका लागी तथा राष्ट्रिय स्वाधिनताको रक्षाका लागी सबै एक हुनुपर्ने उल्लेख गरे । अध्यक्ष बैद्यले दलहरुबिचको बैचारिक विवादका बिच पनि मुलकको रक्षा र मुलुकलाई अघि बढाउनका लागी सबैले मिलेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा प्रगतिशिल लेखक संघ लेखक पुरस्कार केशव सिल्वाललाई प्रदान गरिएको थियो । पुरस्कारको राशी रु १० हजार रहेको छ ।