२७ माघ, इलाम ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयन गराएर मुलुकलाई संकटबाट बचाउनु पर्ने बताएका छन् । उनले इलाममा भएको संविधान कार्यान्वयनका लागि जनपरिचालनको जनसभामा यस्तो बताएका हुन ।

नेता खनालले मुलूकलाई संकटबाट बचाउनको लागि निर्वाचनको विकल्प नभएको भन्दै, आगामी माघ ७ गते भित्र संविधानलाई बचाउन तीन वटा निर्वाचन आवश्यक भएकोले मिति घोषणा गर्न आग्रह गरे ।उनले भारतले इलामको पशुपतिनगरमा सीमाना मिचिरहेको थाहा पाएर पनि सरकारले बेवास्ता गरको बताउँदै सीमानाको रक्षा गर्न नसक्ने सरकारको काम नभएको ठोकुवा गरे ।

सीमानाको रक्षा गर्ने दायित्व छोडेर सरकार आवश्यकतै नभएको राष्ट्रियता गुमाउने विदेशीलाई अवसर दिने अगंकृत नागरिकताको पक्ष पोषण गर्ने संविधानको संशोधनको उभिएको बताए । एमाले विदेशीलाई अवसर दिने संविधानको संशोधनको पक्षमा होइन यसको कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेकपा एमालेका संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास चन्द्र नेम्बाङले अहिलेको सरकार निर्वाचनबाट भागी रहेको बताए । उनले मुलूकको निकास जनता भएकोले निर्वाचन घोषणा गरेर जनतामा जानुपर्नेमा जोड दिए । उनले अहिलेको सरकार भएरपनि नभएको महसुश जनताले गरेको बताउँदै, नचल्ने घडि जस्तै भएकोले संविधान कार्यान्वयनका निर्वाचन बिर्सिएको आरोप लगाए ।

उनले नेपाल र नेपालीलाई बलियो बनाउन निर्वाचन आवश्यक भएकोले निर्वाचन गरेर संविधानको कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।एमाले इलामका अध्यक्ष राम रानाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले पनि बोलेकी थिइन ।