२२ मंसिर, एजेन्सी।

अमेरिकी नेता डोनाल्ड ट्रम्पले आफ्नो देशमा मुस्लिमलाई आउनबाट रोक लगाउन माग गरेका छन्। यस्तो बयान दिएपछि उनका विरोधीले उनलाई पागलको संज्ञा दिएको अन्तर्राष्ट्रिय मिडिया बताउँछन्।

donald trump speaking

अमेरिकामा राष्ट्रपति चुनावको लागि रिपब्लिकनबाट उम्मेदवार बन्ने दौडमा लागेका ट्रम्पले आफ्नो उम्मेदवारी प्रचार गर्ने क्रममा मुस्लिमहरुलाइ जबसम्म के भइरहेको छ पत्ता लाग्दैन तबसम्म देशमा आउन रोक लगाउनु पर्ने बयान दिएका हुन।

मुस्लिमहरुमा अमेरिकी नागरिक प्रति घृणा बढेको भन्दै आफुले यस्तो माग राखेको समेत उनको बयानमा बताइएको छ।

पछिल्लो हप्ता अमेरिकाको सेन बर्नाडिनोमा भएको गोलीबारीमा १४ जनाको मृत्यु भएको थियो। आक्रमणकारी जोडी फारुख र तश्फीन मलिक पाकिस्तानी मुलका भएको बताइएको छ।

पहिले पनि विवादित वयान

ट्रम्पले दाबी गरेका थिए कि अमेरिकामा सन् २००१ सेम्टेम्बर ११ मा भएको आतंककारी हमला पश्चात मुसलमानले खुसी मनाएका थिए। यो बारेमा पछि उनलाइ पुन सोधिएको थियो, तब उनले आफुले दिएको यो बयान शतप्रतिशत सहि भएको बताएका थिए।

उनले भनेका थिए, मस्जिदहरुलाई निगरानीमा राख्न जरुरी छ। अमेरिकामा मुसलमान राख्ने कि नराख्ने भन्नेमा नै बहस गर्न चाहन्छु।’

ट्रम्पले पछिल्ला दिनमा, ‘राष्ट्रपति बने भने ती कम्पनीलाई कुनै एच-१बी भिसा जारी गर्नेछैन, जसले अमेरिकीलाई निकालेर विदेशीलाई नोकरीमा राखेका छन् र मेरो जस्टिस डिपार्टमेन्ट तीनका विरुद्ध कडा कारवाही गर्नेछ।’ भनेका छन्।

को हुन डोनाल्ड ट्रम्प

डोनाल्ड राष्ट्रपति पदको चुनावको लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारी हासिल गर्ने दौडमा सबैभन्दा अगाडी देखिएका छन्। उनी अरबपति व्यावसायि हुन। जब देखि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा अगाडी आए तब देखि उनको कयौं बयान विवादको शिकार बन्दै आएका छन्।