१६ बैशाख, काठमाडों । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयरमा उमेद्बार उठाउने विषयमा विवाद भएपछि कार्यकर्ताले पार्टीको क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।

डम्बर अर्याललाई उमेद्बार बनाउने निर्णयसँगै कार्यकर्ताले आज कार्यालयमा तालाबन्दी गरेका हुन् । मेलम्ची नगरपालिकाको मेयरमा जिल्ला पार्टी कार्यालयले धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागार्इँ र बालकृष्ण देउजालाई सिफारिस गरेको थियो ।

एमाले स्थायी कमिटीले अर्याललाई निर्णय गरेसँगै तालाबन्दी गरेको हो ।