एजेन्सी ।  अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनमा आधारित हिन्दी फिल्म बनोस् भन्ने इच्छा व्यक्त गरेकी छिन् । हाल उनले अभिनेता संजय दत्तको बायोपिकमा संजयको आमा नर्गिसको भूमिका निभाइरहेकी छिन् ।

हालै एक अन्तरवार्ताका क्रममा मनिषाले यस्तो इच्छा व्यक्त गरेकी छिन् । त्यस्तै, उनको बायोपिकमा ‘आलिया भट्ट’ वा ‘कंगना रनोट’ले उनको भूमिका निभाओस् भन्ने चाहेको पनि मनिषाले बताइन् ।

मनिषाको जीवन धेरै उत्ताव–चढावले भरिएको छ । वैवाहिक सम्बन्ध टुंगिएपछि उनी क्यान्सरको सिकार बनिन् तर त्यसलाई जित्न सफल पनि बनिन् । लामो समय फिल्मी संसारबाट टाढा रहेपछि मनिषा संजय दत्तको बायोपिक मार्फत कमब्याक गर्दैछिन् । मनिषाले नेपाली फिल्म ‘फेरि भेटौला’ र ‘धर्मा’मा मुख्य भूमिकामा अभिनय गरेकी छिन् ।