१६ भदौ, एजेन्सी । जर्जियाका प्रधानमन्त्री ममुका बाख्ताजले सोमबार राजीनामाको घोषणा गर्नुभएको छ । संसद्ले सरकार ढलाउने निश्चित देखेपछि उहाँले राजीनामाको घोषणा गर्नुभएको समाचारमा उल्लेख गरिएको छ ।

विकासको प्रारुप बनाइरहेकै बेला आफूले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभएको छ । राजीनामा घोषणा गर्ने निर्णयमा पुगेपछि उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘मेरो मिसन यस पटक पूरा गर्न सकिन ।’