१२ चैत, वीरगञ्ज ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा मधेश, जनजाति, महिला, लगायत थुप्रै विषयमा फरक मत एमाओवादी पार्टीले राखेको बताएका छन् ।

दोस्रो वीरगंज महोत्सव व्यापार मेलाको सिलसिलामा वीरगंजमा आयोजित क्रान्तिकारी पत्रकार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षले प्रचण्डले भने, “म वीरगञ्ज आउने खबरले विरोध हुन्छ रे भन्ने सुने ।संविधान संशोधन गरेर मधेसी जनताको माग सकारात्मक सम्वोधन गर्ने प्रयास गर्ने व्यक्तिको विरोध गर्नुको अर्थ के हो बुझ्न सकेको छैन ।”

फाइल तस्बिर

फाइल तस्बिर

प्रचण्डले आफ्नो विरोध गर्ने चाहानेहरुलाई आफूले खेलेको भूमिका बारे बुझाई दिन पत्रकारहरुलाई आग्रह पनि गरे । उनले भने, “वर्तमान समयमा शान्तिपूर्ण तरिकाले वार्ता संवादद्वारा हल गरी विकास निर्माण तिर अगाडि बढ्ने हो, यसको निम्ति राष्ट्रिय एकता निर्माण गर्नुपर्छ” ।

प्रचण्डले अगाडी भने, भूकम्प, संविधान निर्माणको क्रममा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो । मधेसी मोर्चाको तर्फबाट ११ बुँदे मागहरुको बिषयमा छलफल गरेर समझदारीबाट प्रक्रियामा गएर टुंग्याउन सकिन्छ” ।

चीनसँगको सम्झौता दुरगामी महत्वको- प्रचण्ड

ओलीबाट प्रभावित भएर चीनले सम्झौता गरेको होइन – उपेन्द्र यादव

चिनियाँ राष्ट्रिय दैनिकमा भारतलाई चुप लगाउने लेख

“३० दलीय मोर्चा हुँदा ९ बुँदे सहमतिमा हामी अझै अडिग नै छौं । तर हामीले सबै कुरा नभए हुँदैन भनेका भए संविधान बन्ने थिएन । संविधान सभाको बनावट अनुसार नै सम्झौता भएको हो । यदि संविधान नबनेको भए मधेश लगायत सबैले नै अधिकार पाउने थिएनौं । जति पाइन्छ लिन र अझ प्राप्त गर्नको निम्ति अगाडि बढ्नु नै बुद्धिमानी हुन्छ । यदि संविधान निर्माण गरी घोषणा नगरेको भए देश प्रतिगमनमा जाने थियो । त्यसैले संविधान निर्माण गरेर राष्ट्र बचाएका छौं” प्रचण्डले भने ।

वीरगञ्ज पुग्दा प्रचण्डलाई मधेशी मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।