४ फागुन, काठमाडौं।

गोलका लागि अर्जेन्टिनी लियोेनेल मेसी परिचित नाम हो । उनले बल पाएपछि सकेसम्म गोल गरेरै छोड्छन् नभए साथीका लागि मिठो पास मिलाइदिन्छन् ।

तर, उनै गोल मेसिनको उपमा पाएका मेसीको गएराती च्याम्यिन्सलिगमा बिर्सनलायक खेल भएको छ । अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले पिएसजीसँग ४–० शर्मनाक पराजय बेहोर्दा मेसीको खेल बिर्सनलायक बन्न पुग्यो ।

गोलडटकमले जनाए अनुसार पूरै ९० मिनेटसम्म मेसीले विपक्षीको डिएरियाभित्र बल छुन सकेनन् । डिएरिया बाहिरबाट जति प्रहार गरे त्यसलाई गोलमा परिणत गर्न पनि सकेनन् ।

मेसीले ९० मिनेटमा ५१ पटकमात्र बल छुन पाए । तर, गोल गर्न सकेनन् । मेसी खासगरी डिएरियाभित्र विपक्षी खेलाडीलाई छक्याउन माहिर मानिन्छन् । दोस्रो खेलमा अब बार्सिलोनालाई थोरै अन्तरको जितले मात्र अन्तिम ८ मा पुर्याउन सक्दैन । प्रष्ट रुपमा ५–० को जित निकाल्नुपर्ने दबाब बनेको छ ।

यो पढ्नुस्: पिएसजीसँग बार्सिलोनाको शर्मनाक हार (भिडियोसहित)