१४ भदौ, दाङ ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुरस्थित दीर्घायु पोलिक्लिनिकमा कार्यरत २६ वर्षीय प्रेम ओलीको आज बिहान उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको छ ।

केहीदिन अगाडि घोराहीबाट तुलसीपुर फर्कने क्रममा आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा ओली गम्भीर घाइते हुनुभएको र उनको आज बिहान भारतको लखनउस्थित समिरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनका साथी अर्जुन ओलीले जानकारी दिए ।

सल्यानको झिम्पे स्थायी घर भएका ओली १० वर्षदेखि तुलसीपुरमा विभिन्न सामाजिक सङ्घसंस्थामा समेत संलग्न थिए ।