१६ मंसिर, काठमाडौं।

ललितपुर भट्टेडाँडा–९ मा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

वा ४७ प ६९१६ नंको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४०० मि तल खसेर दुर्घटना हुँदा चालक माल्चा–१ का भीमबहादुर सिगारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।