१५ मंसिर, काठमाडौं ।

निजी स्तरमा भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतलाई नाकाबन्दी खोल्नका लागि फरक बाटोबाट दवाव दिने भएका छन् ।

धर्म गुरु श्री रवि शंकरसँग भेट्न बंगलोर पुगेका कमल थापाले रवि शंकर मार्फत नै हिन्दुवादी मोदीलाई दवाव दिने रणनीति बनाएका हुन् ।

भारतीय समकक्षी सुष्मा स्वराजलाई पनि भेट्ने तय भएका कमल थापाले मोदीको विदेश नीति सम्हालिरहेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलसँग पनि भेटेर नाकाबन्दी खोल्नका लागि पहल लिने कार्यक्रम छ ।

Kamal Thapa Ravi Shankar

यस अघि बाबा रामदेवलाई पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेपछि मोदीलाई भेटेर नाकबन्दी खोल्न दवाव दिएका थिए ।

Kamal thapa in Delhi

फाइल तस्विर

हिन्दुवादी र धार्मिक छवि भएका मोदीलाई धर्मगुरुबाटै दवाव दिने रणनीति कमल थापाले बनाएको उच्च श्रोतले जनाएको छ ।