काठमाडौं ।

भारतले नेपालमाथि लगाएको ५ महिने नाकाबन्दी सकिएको पनि केही समय वितिसकेको छ । नेपालमा नाकबन्दीका असर बाँकी रहेपनि त्यसमाथिको बहस सेलाइसकेको छ । तर नेपालमाथि लगाएको नाकाबन्दी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने भारी परिरहेको छ ।

मोदीले हात मिलाउँदा बेलायती राजकुमारको हातमा डाम (तस्विर सहित)

भारतीय प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले नेपालमाथि लगाइएको नाकाबन्दीलाई मोदीको असफल विदेशी नीतिको चित्रण गर्न प्रमुख हतियार बनाइरहेको छ । यसै क्रममा भारतीय कांग्रेसका राज्य सभा सांसद मणि शंकर ऐयरले मोदीको नेपाल नीतिमाथि भयंकर कटाक्ष गर्दै बहसलाई पुनः सतहमा ल्याएका छन् ।

मोदी नेपाल गए, तब उनले गौरवसाथ घोषणा गरे की विगत २५ वर्षयता नेपाल भ्रमण गर्ने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन् । र, यसलाई उनले विदेश नीतिको उपलब्धी ठाने । तर यसो भन्दै गर्दा उनीभन्दा अघिका प्रधानमन्त्रीले यतिका लामो अवधीसम्म नेपाल भ्रमण किन गरेनन् भन्ने कुराको जवाफ उनले दिएनन् । उनीहरू नेपाल गएनन् किनकी नेपाल संक्रमणकालको भासमा फसेको थियो । नेपलको आन्तरिक नीतिका समग्र तत्वहरू एकअर्कासँग मुठभेडरत अवस्थामा थिए, जसकारण नेपालले संविधान पाउन सकेको थिए । यसरी मुठभेडमा उत्रिनेहरूमध्ये सबैजना या त भारतप्रति आशातित नजरले हेर्ने गर्थे, वा धारे हात लगाउँथे । यस्तो अवस्थामा नेपालको संविधान निर्माणमा भारत संलग्न भएमा नेपालीहरूको सार्वभौमसत्ता खुम्चिन सक्थ्यो ।

नेपालमा नाकाबन्दी लागिरहेको समयमा भारतीय केन्द्रीय सरकारमा प्रतिपक्षी रहेका पार्टीका मात्र नभएर सत्तारुढ भारतीय जनता पार्टीका सांसदले समेत सरकारको नेपाल नीतिको कडा आलोचना गरेपछि विदेशमन्त्री सुष्मा स्वराजलाई जवाफ दिन हम्मे हम्मे परेको थियो । यो बहसमा सबैभन्दा आक्रामक र नेपाल मैत्री देखिएका थिए कांग्रेसका नेता मणिशंकर ऐयर । मणिशंकर ऐयर तिनै ब्यक्ति हुन् जसले केही समय अघि नेपाल नीतिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचार शैली गोयवल्सको प्रोपोगाण्डा जस्तै भएको भन्ने आलेख लेखेर नेपालीहरुको मन जितेका थिए । राज्य सभामा नेपालबारे भएको बहसमा मणि शंकरले मोदी सरकारको दोहोलो काडे र विदेशमन्त्री सुष्मा स्वराजलाई समेत नाजवाफ पारिदिएका थिए ।

Mani Shankar at rajya sava

मणिशंकरले मोदीले नेपालमाथि लगाएको नाकाबन्दीका कारण खोतल्दै पुनः एउटा कार्यपत्र प्रस्तुत गरेका छन् जसले अहिले भारतमा ठूलो बहस जन्माएको छ । मोदीको विदेश नीतिमाथि प्रकाशित उनको कार्यपत्र ‘आइडिया अफ इन्डिया’ नामक एक सम्मेलनमा प्रस्तुत भएको थियो । भारतीय अनलाईन पत्रिका ‘द सिटिजन’ले उनको कार्यपत्रलाई जस्ताको तस्तै प्रकाशित गरेको छ ।

मणिशंकर ऐयरको कार्यपत्रको सार यस्तो छः

‘विदेश नीतिमा भारतले आजका दिनमा हासिल गरेका उपलब्धीका सुची के हुन् ? जब प्रधानमन्त्री मोदी नेपाल गए, तब उनले गौरवसाथ घोषणा गरे की विगत २५ वर्षयता नेपाल भ्रमण गर्ने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन् । र, यसलाई उनले विदेश नीतिको उपलब्धी ठाने । तर यसो भन्दै गर्दा उनीभन्दा अघिका प्रधानमन्त्रीले यतिका लामो अवधीसम्म नेपाल भ्रमण किन गरेनन् भन्ने कुराको जवाफ उनले दिएनन् । उनीहरू नेपाल गएनन् किनकी नेपाल संक्रमणकालको भासमा फसेको थियो । नेपलको आन्तरिक नीतिका समग्र तत्वहरू एकअर्कासँग मुठभेडरत अवस्थामा थिए, जसकारण नेपालले संविधान पाउन सकेको थिए । यसरी मुठभेडमा उत्रिनेहरूमध्ये सबैजना या त भारतप्रति आशातित नजरले हेर्ने गर्थे, वा धारे हात लगाउँथे । यस्तो अवस्थामा नेपालको संविधान निर्माणमा भारत संलग्न भएमा नेपालीहरूको सार्वभौमसत्ता खुम्चिन सक्थ्यो । हामी अन्य ठूला र शक्तिशाली राष्ट्रहरूले हाम्रो सार्वभौमसत्ताको रक्षा गरौं भन्ने चाहन्छौं भने हामीले आफूभन्दा साना राष्ट्रहरूसँग पनि त्यस्तै व्यवहार गर्न आवश्यक थियो । यही कुरालाई महसुस गरेर मोदीअघिका प्रधानमन्त्री नेपाल गएनन् ।

को हुन् भारतको संसद थर्काउने नेपालका सच्चा मित्र मणि शंकर

मणि शंकरले कार्यपत्रमा भनेका छन्,” मोदीले आफूले मन पराएका प्रधानमन्त्रीलाई अर्कैले विस्थापित गर्न लागेको देखेपछि जय शंकरलाई पठाए । उनको सन्देश थियो ‘पास भैसकेको संविधान कार्यन्वयन नगर’। एक जना टिप्पणीकारले विदेश सचिव मणि शंकरको बडी ल्याङ्वेज लर्ड क्रुजनको जस्तो रहेको भनेका छन् । यत्तिकैमा प्रष्ट देखियो कि हाम्रो सबैभन्दा नजिकको छिमेकीप्रति नीतिमा गम्भिर खोट छ ।”

Manishankar Paper on Modi Nepal Policy

नाकाबन्दी किन लगाइयो ?

मणि शंकरले नेपालमाथि नाकाबन्दी लगाउनुको प्रमुख कारण मोदीको आदेश मान्न नेपालीले अस्वीकार गर्नु भएको बताएका छन् । उनले भनेका छन् । “प्रधानमन्त्री मोदी नेपाल गए । नेपाली केटाकेटीहरूले झण्डा हल्लाउँदै मोदीलाई स्वागत गरे । आफ्नो नेपाल भ्रमण सफल भएको भन्दै मोदी फर्किए ।

मणिशंकरको ब्यङ्ग्यः नेपाललाई चीनको पोल्टामा पुर्‍याएर राम्रो गर्‍यौ मोदी !

त्यसपछि नोभेम्बरमा उनी फेरि नेपाल गए । त्यतिबेला उनले जनकपुर जान जबरजस्ती गरे । आफ्नो र नेपालको हिन्दुवादी छवी जनकपुर भ्रमणबाट बलियो बन्ला भन्ने उनले सोचेका थिए । जनकपुर गएर उनले र्याली आयोजना गर्न खोजेका थिए, मानौं उनी नेपालको नभएर भारतको कुनै ठाउँमा जाँदैछन् । र्‍यालीमा उनले साइकल वितरण गर्न चाहेका थिए । साइकल वितरण गरेर उनले नेपालमा आफन्त हुने भारतीय मतदातालाई आफ्नो पक्षमा पार्न खोजेका थिए । मोदीको यस्तो नियत बुझ्न नेपालीहरू त्यति पछि परेनन् । उनीहरूले मादीलाई र्याली निकाल्न र साइकल वितरण गर्न दिएनन् । आफूलाई ‘नाइँ’ भनेकामा हलिउड सुन्दरी मार्लिन मुनरोको भन्दा १४ इन्च ठूलो छाती भएका मोदीले नेपालीहरूलाई निकै चर्को मुल्य तिर्न बाध्य बनाए ।”

को हुन् मणि शंकर ?

मणि शंकर भारतका पूर्व कुटनीज्ञ हुन् । इण्डियन नेशनल कंग्रेसका सदस्य र नेता रहेका उनी मनमोहन सिंहको सरकारमा पञ्चायती राज मन्त्रीकोरुपमा काम गरेका थिए । उनले भारतको पेट्रोलियम तथा राष्ट्रिय ग्यास मन्त्रीकोरुपमा समेत काम गरेका छन् । सन् १९६३ मा भारतीय विदेश मामिला सेवा प्रवेश गरेका उनले भारत सरकारको कुटनीतिज्ञकोरुपमा सहसचिव सम्म भएका थिए । उनी भारतीय संसदमा विदेश मामिला विज्ञकारुपमा पनि चिनिन्छन् ।

Mani Shankar Aiyar

केही समय अघि मात्र मणि शंकरले ‘पाकिस्तान पछि अर्को छिमेकीलाई एक्ल्याउँदै मोदी’ शीर्षकको लेखमा नेपालमा मोदीको प्रपोगाण्डा गोयबल्सको शैलीलाई पनि मात दिने रहेको तर मोदीले असल सम्बन्ध रहेको छिमेकी नेपाललाई पनि एक्ल्याउने स्तरमा उत्रिएको भनेका थिए । भारतीय जनता पार्टीको आधार नै धार्मिक अतिबादी संगठन रहेको शन्दर्भमा नेपाललाई हिन्दु राष्ट्र बनाउने अभिष्ट पुरा नहुनु र भारतप्रति विशेष बफादार मानिएका मधेशी नेताले भने जस्तो माग समेत नपरेको कारण देखाएर मोदीले बैचारिक र चुनावी फाइदा लिन खोजेको उनको भनाइ थियो ।

नरेन्द्र मोदीले २०२६ सम्म भारतमा शासन गर्ने नोस्ट्राडामसको भविष्यवाणी

त्यसैगरी उनले केही दिन अघि नेपाललाई चीनको पोल्टामा पठाएको भन्दै मोदीलाई ब्यङ्गयात्मक बधाई दिएका थिए । भारतीय कांग्रेसले मोदीले नेपाललाई चीनको पोल्टामा पठाएको भन्दै मोदीको छिमेकी नीतिको जमेर आलोचना गरिरहेको छ ।