२४ माघ, एजेन्सी।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत उत्तर प्रदेश सरकारका एक वरिष्ठ मन्त्रीले अण्डरवर्ल्ड डन दाउद इब्राहिमलाई भेटेको आरोप लगाएका छन् ।

मोदीले पाकिस्तान भ्रमणका क्रममा दाउदलाई भेटेको मन्त्री आजम खानले आरोप लगाएका हुन् । ‘उनले त्यहाँ दाउदलाई पनि भेटेका छन् । उनलाई अस्वीकार गर्न दिनुस्, म प्रमाण दिन्छु ।’, उनले भने।

आजम खानको दाबी छ कि २५ डिसेम्बरमा मोदी पाकिस्तानमा जाँदा उनले नवाज शरीफ, उनीकी आमा र छोरीलाई भेटे र, त्यसबेला शरीफको घरमा दाउद पनि थिए ।

केन्द्र सरकारका एक प्रवक्ताले आजम खानको दाबी आधारहीन भएको बताएका छन् । भाजपाले भने उत्तर प्रदेशका मुख्यमन्त्री अपखलेख यादवसँग आजम खानलाई बर्खास्त गर्न माग गरेको छ ।

उत्तर कोरियाद्वारा लामो दुरीको मिसाइल रकेट परिक्षण