काठमाडौं ।

हरेक कार्यक्रम होस वा बैठक वार्तामा प्रस्तुत हुँदा देशका प्रधानमन्त्री उखान टुक्का र हासि मजाकबाट कुराकानी सुरुवात गर्छन । देशको परिस्थिति गम्भीर र जटिल बन्दा समेत प्रधानमन्त्री ओली र उखान टुक्काबाट भन्ने शैलीलाई परिवर्तन गर्न सकेका छैनन ।

देशको कार्यकारी प्रधानमन्त्रीले बोल्ने भाषा, भारण र कुराकानी निकै महत्पूर्ण हुन्छ । तर पदिय मर्यादाको ख्याल नै नगरी ओली भने दिनहुजसो उखान टुक्का भन्ने गर्छन् ।

PM KP oli and Kamal Thapa

प्रमुख तीन दल र मधेसी मोर्चा सहभागी कार्यदलले जुटाउनकै लागेको सहमति जुटन सकेन । मस्यादौ तयार हुँदा समेत सहमतिले पूर्णता पाएन । अहिले त्यो सहमति सरकार र प्रमुख तीन दलको हातलमा पुगेर थन्किएको छ । मधेसको समस्या समाधान गर्नको लागि प्रधानमन्त्री ओलीले प्रमुख दलका शीर्ष नेता सहित मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बोलाए ।

बिहान नौं बजे नै सबै प्रमुख दलका नेताहरु वार्तामा वालुटार पुगि सकेका थिए । सुरुमा कार्यदलका सदस्यहरुले आफ्नो धारणा राखेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति सुशील कोइराला, मधेसी मोर्चाका उपेन्द्र यादव, लगायतका नेताहरुले आ–आफ्नो धारणा राखेपछि बोल्ने पालो ओलीको आयो ।

PM -Oli- all party meeting

ओलीले सुरुमा नै बोलेको भनाई उदृत गर्दै मोर्चाका एक नेताले भने,‘सबै कुरा सुने, सहमति गर्दा केही दिने र केही लिने कुरा हुन्छ तपाईहरु हाताहाति भन्नु हुन्छ यो हाताहाती भनेको के हो ?’ झण्डै आधा घण्टा ओलीले उखान टुक्का र मधेसी मोर्चाका नेताहरुलााई प्रशिक्षण दिएका थिए ।

तीन नेताले भने, ओलीको उखान टुक्कका प्रसंग सुनाउदै भने,‘सीमाकंन के व्यापार हो, भैसी किनवेच हो, यसलाई टुंगो लगाउन त समय लाग्छ, समिति बनाउने भनेका छौ, यसैबाट पनि निकास खोज्न सकिन्छ, समिति बनाउने भन्यो, फेरी मधेसमा दुई मधेस प्रदेशको कुरा उठाउनु भो, माग माथि माग थप्ने जाने अनि कसरी हुन्छ सहमति ?’

बालुवाटारबाट निस्किँदै उपेन्द्रले भने- ओली सरकारले समाधान दिँदैन

भाँडिएको वार्ता र धरापमा परेको नाकाबन्दी खोल्ने एजेण्डा

प्रचण्ड र कोइरालाको बोलीले केही सङगिएको सहमतिको वातावरण ओलीको बोलीले धुमिलिएपछि मोर्चाका नेताहरुले वार्ताको अर्थ र औचित्य नभएको भन्दै बाहिरिएका थिए ।