९ वैशाख, काठमाडौं ।
सरकार र मधेसी मोर्चाबीच भएको सहमति अनुसार भोली संघीय गठबन्धन र मधेसी मोर्चाको बैठक बसेर पूर्व घोषित नेपाल बन्द लगायतका आन्दोलनको कार्यक्रम फिर्ता लिने भएको छ ।

सहमति अनुसार मोर्चाको माग सम्बोधन गर्न भोली बस्ने मन्त्रीपरिषद्को बैठकले संविधान संशोधन विधेयकको विषय पारित गर्नेछ । सोही आधारमा मोर्चाले बैठक बसेर पूर्व घोषित कार्यक्रम फिर्ता लिएर निर्वाचनमा सहभागी हुने घोषणा गर्ने भएको छ ।

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवं सहमति निर्माण गर्न गठित कार्यालयका सदस्य राजेन्द्र श्रेष्ठले मन्त्रीपरिषद्बाट विधेयक पारित भएलगत्तै मोर्चाको बैठक बस्ने बताए । उनले भने,‘निर्वाचनको नयाँ मिति तोक्नको लागि निर्वाचन आयोगसँगको परामर्शपछि मात्र टुंगो लाग्छ’, श्रेष्ठले नेपाली हेडलाइन्ससँग भने,‘आजको वार्ता सकारात्मक भएको छ, सहमति अनुसार अब हामी निर्वाचनमा सहभागी हुन्छौ ।’ उनका अनुसार सीमाकंनको टुंगो लगाउन अधिकार सम्पन्न समानुपातिक समावेशी आयोग गठन गर्ने सहमति भएको छ ।