५ पुस, काठमाडौं ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोहन वैद्य, बाबुराम भट्टराई र नेक्रविक्रम चन्द्र आफ्नो योजनामा नभई अरुकै योजनामा पार्टी छोडेकोे बताएका छन् ।

केन्द्रीय सदस्यहरुको राखेको प्रश्नका जवाफ दिदै प्रचण्डले वैद्य भट्टराई र विप्लव अरुकै चङगुलमा परेको बताएका हुन् ।

Prachanda mic

एक केन्द्रीय सदस्यले भने,‘वैद्यले आफ्नो विवेकले पार्टी फुटाएनन अरुकै योजना लागे, भट्टराईलाई कसले फुटायो सबैलाई थाहा भएकै कुरा हो, विप्लवले एकीकृत क्रान्ति गर्छु भनेर भनेका छन, आफनो योजना भएको पो सफल हुनु ?’

विचारमा एकता नभई संगठनमा मात्र पार्टी एकता नहुने स्पष्ट पारेका छन् । अरुकै योजना र इसारामा नाच्नेहरु पार्टीबाट बाहिरिएका हुन् तपाईहरु पनि कमजोर भयो भने अरुकै योजनामा पर्नु हुन्छ तीन नेताले नेपाली हेडलाइन्सलाई बताए ।