१६ पुस, काठमाडौं । मौसममा अचानक बद्ली आएर काठमाडौं उपत्यका र आसपासका केही ठाउँमा पानी परेको छ ।

यी हुन् सन् २०१६ का दश विश्व चर्चित घट्ना

पश्चिमी वायुको प्रभावका कारण काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बालाजुको धर्मस्थली, भक्तपुरको बालकोट लगायतका विभिन्न ठाउँमा हल्का पानी परेको हो । दिउँसोदेखि अचानक बादल लागेर काठमाडौंको आकाश धुम्मिएको छ ।

के तपाई ट्वाइलेटमा मोबाइल चलाउनुहुन्छ ? ज्यान जान सक्छ

बादल लागेको र केही ठाउँमा हल्का पानी परेपछि काठमाडौंमा चिसो ह्वात्तै बढेको छ । पश्चिमी वायुको प्रभावले एकदुईदिनपछि अझ चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।