२० मंसिर, काठमाडौं ।

म्याच फिक्सिङमा संलग्न भएको अभियोगमा एएफसीको अनुशासन समितिद्वारा आजीवन प्रतिबन्ध लगाइएका खेलाडीहरुले अपिल गर्ने बताएका छन् ।

एएफसीले १० दिनभित्र अपिल गर्ने समय दिएको छ । हामी त्यस निर्णयविरुद्द पक्कै पनि अपिल गर्नेछौं, नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सागर थापाले शनिबार बताए ।

उनीसहित उपकप्तान सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा, र प्रशिक्षक अन्जन केसीलाई सन २००८ देखि १२ सम्मका खेलमा म्याच फिक्सिङमा संलग्न भएको अभियोगमा एएफसीले आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको हो । कान्तिपुर दैनिकमा समाचार छ ।