२८ चैत काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले उपचारका सिलसिलामा थाइल्याण्डको राजधानी बैंककमा रहेका छन् ।


उनी शनिबार त्यसतर्फ गएका हुन् । उनको उपचारका क्रममा खिचिएको फोटो फेसबुक पेजमार्फत सार्वजनिक भएको छ ।
मृगौला प्रत्यारोपण गरेपछि ओली उपचारका लागि पटक पटक बैंकक गइरहेका छन् । उनी एक सातापछि स्वदेश फर्कनेछन् ।