१६ असोज, काठमाडौं । वर्षकै चर्चित एवं लोकप्रियमध्येको एक गीत ‘गलबन्दी’को मेकिङ भिडियो सार्वजनिक भएको छ । गायक एवं सर्जक प्रकाश सपुतको युट्युब च्यालनबाट गीतको मेकिङ भिडियो सार्वजनिक गरिएको हो ।

मेकिङ भिडियोमा गीतको भिडियो छायांकन गर्दाको रमाइलो पलहरुलाई समावेश गरिएको छ । चर्चित गीतको भिडियो प्रकाश सपुतको आफ्नै घर र त्यसआसपास छायांकन गरिएको हो । उनको घर बागलुङ जिल्लाको घम्जा हो । गलबन्दीको भिडियो यहि वर्षको बैशाखमा छायांकन गरिएको थियो ।

प्रकाश सपुत र शान्ति श्री परियारको स्वर रहेको गीतको शब्द तथा संगीत पनि प्रकाश सपुतकै छ । गीतलाई चोरीको आरोप लागेपछि यसको संगीतमा गायक एवं संगीतकार शम्भु राईको नाम पनि थपिएको छ । प्रकाशकै निर्देशनमा बनेको गीतको भिडियोलाई करण चैसरको सिनेम्याटोग्राफी छ भने प्रविण भट्टले सम्पादन गरेका हुन् । भिडियोमा प्रकाशको साथमा अञ्जली अधिकारी, दिप्लब बिक, करविन गैरे लगायतका कलाकारहरुको मूख्य भूमिका छ । भिडियोमा प्रकाशले आफ्नौ आमाबुवा र गाउँले परिवेशलाई छर्लङ्गै पर्दामा उतारेका छन् । हेरौैँ भिडियोः