२४ भदौ, काठमाडौं । भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

नेपाल र भारत दुवै देशका प्रधानमन्त्री भिडियो कन्फरेन्समार्फत् एकैसाथ स्विच थिचेर पाइप लाइनको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

भारतीय जनता पार्टीले मोदी र प्रधानमन्त्री ओलीले स्विच थिचेको फोटो ट्विट गर्दै यसको जानकारी गराएको छ । अबदेखि मोतिहारीबाट पाइपलाइन हुँदै तेल नेपालको अमलेखगन्ज आउनेछ । भिडियो हेर्नुहोस्