२२ फागुन, काठमाडौं ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन तस्करीमा संलग्न रहेका १२ जनाको नाम सार्वजनिक गरेको छ । दुबईबाट अवैध सुन तस्कारी गरी काठमाडौं ल्याउन सहयोग गर्ने नेपाल प्रहरीका एसएसपी श्याम खत्री सहित १२ जनाको नाम सार्वजनिक गरेको हो ।

यति ठूलो गिरोहलाई समाउन प्रहरी कसरी सफल भयो ? अनि कस्ता संयन्त्र परिचालन गर्यो त ?

प्रहरीले शुरुमा पुष २० गते दुवईबाट एयर अरेबियाको फ्लाइट मार्फत एक जना नेपालीले नेपालमा अवैध रुपमा सुन भित्र्याउन लागेको जानकारी गराएका थिए ।

त्यपछि उक्त सूचनालाई विष्लेशण गर्दै दुबईको शारजाहंबाट काठमाण्डौं आउने सबै फ्ल्याइटमा बढी आशंका बढाइयो । नियमिति भ्रमण गर्ने यात्रुमाथि निगरानी बढाउँदै सूचना संकलन गर्न थाल्यो प्रहरीले ।

घटना तथा कारवाही

केन्द्रीय अनुसन्धान व्यूरोबाट विशेष टोली परिचालन गरी निरन्तर निगरानी गरिएको, प्राप्त सूचना अनुसार सुन आउने दिन पुष २० गतेको एयर अरेवियाको फ्लाइटबाट आउने मानिसलाई निरानी गरिएको, निज ब्यक्ती कोटेश्‍वरमा आफन्तको डेरामा बास बसेको, पुष २१ गते बिहान पुनस् एयरपोर्टमा गई बसेका र दुवईको तेस्रो फ्लाइटबाट लगेज आएपछी, विमानस्थलकको लगेज बेल्टबाटै लगेज सकंलन गरी एयरपोर्टबाट लगेज लिएर बाहिरिएको ।

बिस्तृत कारवाही

तिलगङ्गा पिङलास्थानवाट बा.२ ज २९१५ को ट्याक्सीमा गोपाल बहादुर शाहीलाई पक्राउ गरीएको, उनको खानतलासी लिंदा लगेज भित्र प्रति १० तोला तौल भएका सुनका बिस्कुट १३० थान फेला परेकाले वरामद गरिएको, शाहीले ल्यांउदै गरेको सुन लिन दिलबन्धु थापा र सन्तोष काफ्ले आउदै गर्दा उनीहरुलाई पक्राउ गरी खानतलासी लिदा प्रति १० तोला तौल भएका सुनका बिस्कुट १५२ थान, औंठी १९ थान, र सिक्रि १८ थान फेला परेकाले वरामद गरी जम्मा ३३ के.जी. ५७७.४० ग्राम सुन वरामद गर्न प्रहरी सफल भएको थियो ।

पक्राउ सूची

सुर्खेत खानिखोला २ का ४३ वर्षिय गोपाल बहादुर शाही,
मोरङ पथरी ८ का ३५ वर्षिय दिलबन्धु थापा,
धनुषा जनकपुर १२ का ३५ वर्षिय सन्तोष काफ्ले
काभ्रे चलाल गणेशस्थान ५ का ३९ वर्षका राम हरी कार्की
सिराहा पछवारी ९ का ५६ वर्षिय श्री नारायण यादव (तथ्याङ्क अधिकृत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय) ।
काभ्रे गैरी बिसौना २ स्थाई का बर्ष ३० को राज कुमार ढकाल (एक्सरे मेशिन टेक्निसियन(करार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय) ।
भक्तपुर अनन्त लिङ्गेश्‍वर २ को बर्ष ४९ को श्याम कृष्ण श्रेष्ठ च्वामु (रेडियो अपरेटर( ना.सु. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय) ।
गुल्मी तमघास ६ को बर्ष ५३ को श्याम बहादुर खत्री (प्र.ब.उ. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) ।
सुनसरी धरान ३ को बर्ष ४७ को रोजेश शाक्य (वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा.लि. न्युरोडका सञ्चालक) ।
१० सुनसरी धरान ४ को बर्ष ४९ को सुनिल श्रेष्ठ (वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा.लि. न्युरोडका सञ्चालक) ।
११ सुनसरी धरान ४ को ४७ वर्षको सपन श्रेष्ठ (वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा.लि. न्युरोडका सञ्चालक) ।
१२ धनकुटा धनकुटा न.पा. ४ को बर्ष ४० को मनोज श्रेष्ठ (वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा.लि. न्युरोडका सञ्चालक) ।

आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले स्केच नै बनाएर टेलीफोन नम्बरसहित ३० व्यक्तिको नाम सार्वजनिक गरेको छ । प्रहरीको दावीअनुसार युएईमा १० र नेपालमा ८ जना व्यक्तिहरुलाई पक्राउ पर्न बाँकी छ ।

पक्राउ परेका गिरोहहरुको सेटिङ हेर्दा सुन भित्र्याउने, सम्बन्धित ठाउँसम्म पुर्याउने र बेच्नेसम्मको मिलेमतो दखिन्छ । ब्युरोका अनुसार प्रहरी वरिष्ठ उपरीक्षक गुल्मीका श्यामबहादुर खत्रीले सुन तस्करीका लागि विमानस्थलमा सुरक्षा व्यवस्थापन मिलाउने, धनुषाका सन्तोष काफ्लेले दुबईबाट सुन पठाउने, सुर्खेतका गोपालबहादुर शाहीले ल्याउने, मोरङका दिलबन्धु थापाले रिसिभ गर्ने गरेका थिए ।

त्यस्तै, काभ्रेका रामहरि कार्कीले वितरक र रकम संकलकको काम गर्ने, सिराहाका श्रीनारायण यादवले विमानस्थलमा सेटिङ मिलाउने, काभ्रेका राजकुमार ढकाल र भक्तपुरका कृष्ण श्रेष्ठले विमानस्थलको स्क्रिन पास गराउने काम गरेका सिआइबीले पत्ता लगाएको छ ।