२४ माघ, एजेन्सी । बलिउडका ‘खेलाडी’ अक्षय कुमार आफु अभिनित फिल्ममा प्राय फरक फरक शैलीमा देखा पर्दछन् । फिल्ममा भिन्न भिन्न रोलमा अभिनय गर्न मनपराउने अक्षयको वास्तविक जिवनशैली कस्तो छ ?

अक्षय आफ्नी श्रीमती ट्विंकल, दुईटा सन्तान आरव र नितारासंगै भारतस्थित लोखडवाला कम्प्लेक्समा बस्दै आएका छन् ।

अक्षय कुमार बलिउड नायक ऋतिक रोसनका छिमेकी पनि हुन । जुहुस्थित अक्षयको फ्ल्याट भएको विल्डीङमै ऋतिक रोशनको फ्ल्याट छ । ऋतिक अघिल्लो वर्ष सो विल्डिङमा सरेका हुन । छिमेकी बनेका यी नायकले अहिलेसम्म कुनैपनि फिल्म संगै खेलेका भने छैनन्। यस्तो छ भारतीय मिडियामा आएका अक्षयका घरका तस्बिर: