९ भदौ, परासी ।

नवलपरासीको सदरमुकाम परासीमा संयुक्त मधेशी मोर्चा र प्रहरी विच भएको झडपमा प्रहरीको गोलीबाट चलाउदा एकजना आन्दोलनकारीलाई गोली लागी गम्भिर घाईते भएका छन ।

संयुक्त मधेशी मोर्चाकोले नवलपरासीको सदरमुकाम परासीमा प्रशासनले लगाएको निशेधाग्य तोडन खोजदा प्रहरीसंग भएको झडपमा परासीको ठुठी रोडको बाईपासमा प्रहरीले गोली चलाउदा सनई गाविस निवासी विहाडी घोवीलाई गोली लागी गम्भीर घाईते भएका छन भने अन्य दुई जना सामान्य घाईते भएका छन ।

nawalparasi andolan injured man

बुधबार दिउसो नवलपरासीको सदरमुकाम परासीको पुर्व र पश्चिम नाकाबाट मधेशी मोर्चाका कार्याकर्ताहरुले परासीको दक्षिण तर्फको ठुठी रोडको बाईपासबाट निषेधाग्य क्षेत्र तोडन खोजदा प्रहरीले दर्जनौंको संख्यामा असु ग्यास हानेको थियो ।

आन्दोलनकारीलाई निषेधित क्षेत्रमा प्रवेशमा रोक लगाउन खोज्दा प्रहरीले चलाएको गोलीबाट सनई गाविस वार्ड नम्बर ७ का ३५ वर्षीय विडारी घोवि, रामग्राम नगरपालिका वार्ड नम्बर ५ की मुन्नी कलवार धाईते भएका छन ।

यसै गरि पासीको पुर्वी नाकामा भएको झडपमा अन्य एक जना घाईते २१ वर्षीय अनिल ठाकुर धाईते भएका छन । प्रहरीको गोली लागी गम्भिर घाईते भएका विहाडी धोविलाई परासीको जिल्ला अस्पतालले भैरहवा मेडिकल कलेज रिफर गरेको छ ।