२२ पुस, एजेन्सी।
बलिउड नायिका दिपिका पादुकोण ५ जनवरीमा ३१ वर्ष पुगिन। डेनमार्कको कोपनहेगनमा जन्मेकी दिपिकाले बलिडका कयौं सुपरहिट फिल्ममा अभिनय गरिसकेकी छिन्। यहि कारणले पनि उनी बलिउडकी सबैभन्दा बढी कमाइ गर्ने नायिका मध्येकी एक हुन्। सन् २०१६ मा फोर्ब्स पत्रिकाले दिपिकालाई सबैभन्दा बढी कमाइ गर्ने बलिउड नायिकाको सूचीमा राखेको थियो।deepika-padukone-74599012

१ जुन २०१५ देखि १ जुन २०१६ बीच ६७ करोड भारु कमाइ गरेकी दिपिका पादुकोणले केही महिना पहिले भारतको मुम्बई स्थिति बिएउ मोन्डे टावरमा एक नयाँ फ्याल्ट आफ्नो अफिसको लागि किनेकी छिन्। ३३ तलाको यो भवनको २६ औँ तलामा स्वयं दिपिका पनि बस्दै आएकी छिन्।deepika-padukone-flat-9280812

सन् २०१० मा किनेकी थिइन
बाहिरबाट मुम्बइमा आएका नायिका मध्ये दिपिका ती नायिकामा पर्छिन् जस्को यहाँ आफ्नै घर छ। सन् २०१० मा उनले मुम्बइको प्रभादेवी इलाकामा रहेको बिएउ मोन्डे टावरको २६ औँ तला किनेकी थिइन । उनको यो अपार्टमेन्ट २७७६ वर्ग फिट क्षेत्रफलमा फैलिएको छ। यस्तो छ दिपिकाको फ्ल्याट

deepika-padukone-flat-131039812 deepika-padukone-flat-81153812 deepika-padukone-flat-14125112 deepika-padukone-flat-12846712 deepika-padukone-flat-11666012 deepika-padukone-flat-1059712