२६ कार्तिक,काठमाडौ । सरकारबाट सुरक्षा र क्षतिपूर्तिको आश्वासन पाएपछि यातायात व्यवसायीले बन्दका बेला सवारी साधन चलाउन सहमत भएका छन् ।

यातायात व्यवसायी र भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री छविराज पन्तबीच आज भएको छलफलपछि यातायात व्यवसायी बन्दमा पनि यातायात सुचारु गर्न सहमत भएका हुन् ।

मन्त्रालयमा भएको छलफलमा मन्त्री पन्तले सरकारले सुरक्षा तथा क्षति भएको अवस्थामा क्षतिपूर्तिको व्यवस्था मिलाएकाले ढुक्क भएर सवारी साधन चलाउन आग्रह गर्नुभएको थियो ।

छलफलको क्रममा यातायात व्यवसायीले सरकारले दिने भनेको क्षतिपूर्ति बढाउनुपर्ने, कुनै घटना भएको अवस्थामा गाडीका मजदूरलाई पनि क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेका थिए ।

यातायात व्यवसायी र मन्त्रालयबीच सहमतिमा हस्ताक्षर भएपछि यातायात व्यवसायीहरु सवारी सधान चलाउन सहमत भएका हुन् । रासस