२४ साउन, काठमाडौं ।

प्रधानमन्त्री प्रचण्डले उनका पूर्ववर्ती प्रधानमन्त्री ओलीको पालामा शुरु भएको ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ भन्ने लोकप्रिय टेलिभिजन र रेडियो कार्यक्रमलाई निरन्तरता दिएपनि कार्यक्रमका प्रस्तोतालाई हटाएपछि उनको आलोचना भएको छ ।

बालुवाटारको विषयमा ओली सचिवालयको कडा विज्ञप्ति

लोकप्रिय कार्यक्रमका प्रस्तोता रवि लामेछानेलाई थाहै नदिइ कार्यक्रममा नयाँ प्रस्तोताकोरुपमा सभामुखका प्रेस संयोजक बबिन शर्मालाई ल्याइएपछि रवि लामिछानेले सार्वजनिकरुपमा नै प्रधानमन्त्रीलाई यो निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरिसकेका छन् ।

rabi lamichhane

कतिपयको बुझाइमा प्रचण्डले आफू प्रधानमन्त्री भए लगत्तै कार्यक्रमको प्रस्तोता फेरेर माओवादीमा संक्रिणता छ भन्नेहरुलाई मसला पनि सँगसँगै प्रदान गरेका छन् ।

कसले दियो प्रचण्डलाई रविलाई हटाउने दवाव ?

प्रचण्ड निकट एक नेताका अनुसार प्रचण्ड र उनका स्वकीय सचिव रमेश मल्ल रवि लामेछानेलाई हटाउने पक्षमा थिएनन् । रमेशले त रविकै डिजाइनको कार्यक्रम भएका कारण उनलाई हटाउनै नहुने अडानमा थिए । तर प्रचण्डका प्रमुख सचिव जोखबहादुर महराले भने रमेशलाई ठाउँको ठाउँ हकार्दै आफ्नो मान्छे ल्याउनु पर्ने अडान राखेका थिए ।

PM Prachanda office 124040022

त्यस्तै सभामुख ओनसरी घर्तीका पति समेत रहेका माओवादी सचिव वर्षमान पुनले पनि कार्यक्रमको प्रस्तोता फेर्नु पर्ने र बबिनलाई ल्याउनु पर्ने भन्दै दवाव दिएपछि प्रचण्ड र रमेश मल्ल यो कुरामा सहमतिमा आएको ती नेताले हेडलाइन्सलाई बताए ।

एउटा समाचार पढेपछि प्रचण्डको ठाडो निर्देशनः हजारौंको उद्दार हुने

रवि लामेछानेका मात्र होइन प्रचण्डका अधिकाँश शुभचिन्तकहरुको पनि सुझाव छ कि- रवि लामिछानेले ओलीसँगका कार्यक्रममा कुनै भक्तिभावपूर्ण प्रस्तुति नगरेर निष्पक्ष कार्यक्रम चलाएको भन्ने छाप छोडेका कारण र माओवादीलाई सञ्चारकर्मी पनि माओवादी नै चाहिन्छ भन्नेहरुलाई मुख टाल्न पनि प्रधानमन्त्रीले रवि लामिछानेलाई निरन्तरता दिनु उचित हुन्थ्यो ।

उपप्रधानमन्त्री निधिले देउवालाई भावी प्रधानमन्त्री भनेपछि हल्लीखल्ली

रवि लामेछानेले आफ्नो कार्यक्रम अर्कैले चलाएपछि लेखेको फेसबुक स्ट्याटसः

३ दिनमा प्रचण्डले गरेका ३ गल्तीः जुन विपक्षीका लागि हतियार बन्न सक्छ

नेपालका कुनै पनि नेता भन्दा बढी पाकपटुता भएका प्रचण्डका लागि प्रस्तोता को छ भन्ने कुराले खासै अर्थ राख्दैनथ्यो । किन भने उनले अहिले सम्म सञ्चार माध्यममा दिएका अन्तर्वार्तामा कुनै पनि प्रस्तोताले प्रचण्डलाई न्याक्न सकेको उदाहरण छैन । तर रवि लामिछानेलाई विस्थापित गर्दा प्रचण्ड अनावश्यक आलोचनामा परेका छन् ।

मोदीसँगै भारतीय राजदूत रे ले पनि तोडे रेकर्ड