‘ड्यान्ड्रफ’ अर्थात् चाया एक प्रकारको कपालको समस्या हो, जसले राम्रो–राम्रो व्यक्तित्वमा दाग लगाईदिन्छ । तपाईको टाउँकोको ‘डेड स्किन’ अर्थात् चाँया झरेर कपाल हुँदै कपडा र काँधसम्म पुग्छ, जो निक्कै खराब देखिन्छ । चाँयाबाट छुटकारा पाउँन सजिलो छैन, तर असम्भव पनि छैन । आफ्ना दैनिक केही बानीलाई परिवर्तन गरेर यस समस्यालाई भगाउँन सकिन्छ ।

१. सरसफाई – यदि तपाई सरसफाईमा ध्यान दिनुहुन्छ भने तपाईलाई कपालमा चायाले सताउँदैन । आफ्नो कपाललाई एक दिन बिराएर धुने गर्नुहोस्, जसले गर्दा कपालमा रहेको ‘डेड स्किन’ रहन पाउँदैन र टाउँको सफा रहन्छ ।

२. औषधीय स्याम्पो प्रयोग गर्नुहोस् – तपाईले प्रयोग गर्नुभएको स्याम्पो कस्तो छ, त्यसमा ध्यान दिनुहोस् । यस्ता स्याम्पो प्रयोग गर्नुहोस्, जसमा ‘जिन्क पाइरिथियोन’ र ‘केटोकोनाजोल’ जस्ता तत्व समावेश छन् । यसले तपाईको छालालाई सफा र छायाबाट टाढा राख्छ ।

३. ओयल–मसाज गर्नुहोस् – सुत्नअघि टाउँकोमा विस्तारै ओलिभ ओयल–मसाज गर्नुहोस् र रातभर छोडिदिनुहोस् । अर्को दिन बिहान स्याम्पोले धुनुहोस् । यसले तपाईको ‘स्कैल्प’लाई समाज मिल्छ र डेड स्किन सेल्स पनि सजिलै जान्छ ।

४. कन्डिसनरको अनिवार्य प्रयोग – प्रायजसो पुरुष कन्डिसनर लगाउँनबाट बच्छन् । स्याम्पो गरेपछि कपाललाई कन्डिसनर लगाउँन नभूल्नुहोस् । घ्यिुकुमारी र भिटामिन–ई’ भएको कन्डिसनर प्रयोग गर्नुहोस् ।

५. भिटामिन–डी – केही समय घाममा बिताउँनुहोस् । बिहानको घामको किरणमा भिटामिन–डी हुन्छ, जसले चाया भाग्छ ।

६. छिटो–छिटो कपाल धुने नगर्नुहोस् – हरेक दिन स्याम्पो लगाउँने भूल नगर्नुहोस् । यसले तपाईको टाउँकोको छालाको प्राकृतिक तेललाई नष्ट गरिदिन्छ, जसले गर्दा सुख्खापन आउँछ र चायाको खतरा बढ्दैजान्छ ।

७. खानामा न्युट्रिसन सहभागी गर्नुहोस् – आवश्यक न्यूट्रिसनको कमीका कारण पनि ड्यान्ड्रफ हुनसक्छ । ‘ओमेगा–एक्स’ र ‘फुयाटी एसिड’जस्ता पोषण तपाईको शरीरलाई आवश्यक हुनसक्छ ।